
Usbl-7
Rksr-7
Gsbr-6
Jsbg-7
Jsbr-3
Gsbg-3
Pbu
Msbg-2
Csbg-7
ksbl-7


काठमाडौँ । नेकपा माओवादी केन्द्रले व्यापक जनपरिचालनसहित अभियान समापन गर्ने तयारी गरेको छ ।
जनतासँग माओवादी विशेष रूपान्तरण अभियान यहीँ पुस १६ गते व्यापक जनपरिचालन सहित पालिकास्तरमा समापन गर्ने तयारी भएको हो । माओवादी केन्द्रका अनुसार सबै पालिका,जिल्ला र प्रदेशहरूले अभियानको समग्र लिखित रिपोर्ट केन्द्रीय कार्यालयमा अनिवार्य रूपमा पठाउन पनि मातहतका कमिटीलाई निर्देशन दिइएको छ ।
त्यस्तै माओवादीले गत भदौ १६ देखि ७ सय ५३ वटै स्थानीय तहमा वडा केन्द्रित माओवादी विशेष रूपान्तरण अभियान चलाएको थियो । सो अभियान सुरुमा तीन महिने भनिए पनि दसैँ तिहार लगायतका चाडपर्वका कारण प्रभावित भएको भन्दै पुस १६ गतेसम्म थप गरिएको थियो ।
यस्तै माओवादीको पदाधिकारी बैठकले अभियान सकिएसँगै पुस अन्तिम साता स्थायी कमिटीको बैठक बोलाउने लगायतको निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।
