
Nssbus7
Ddhbs
Gsl
Ssbus
Csbus
Rbs
Pbu
dsbus
Jsbus
Ratbs
Gsbus
gms
Amb
Bksbus5

Pvg
Rgs
Hal
Asm
nsb
Bbbpu
Sbs
Vor
Ssm
Rgu
Tsm
Rsb
Ksm
Rgu
Sls
Bbu
Ggd
Gst
Wsp

Ptm
bbt
sab
Bml
Pls
Jmb
Syp
Gsb
Rpp
Rmb
Mks
Abd
Jmb
दाङ । लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले शिक्षा क्षेत्रमा सुधार गर्नुपर्ने आवश्यक रहेको बताउनु भएको छ ।
हामीले शिक्षामा केही फरकपन दिन सक्नु पर्छ भनेर लागेका छौं, त्यस कार्यमा शिक्षकहरुले पनि साथ दिनु पर्छ एक्लै संभव छैन,अनि मात्र राम्रो नतिजा आउने छ”- प्रमुख चौधरीले भन्नू भयो ।
सोमबार आज सामुदायिक विद्यालयको अनुगमन गर्न लमही नगरपालिका -९ मा रहेको बगारबाबा माध्यामिक विद्यालय रिहारमा पुग्नु भएका नगर प्रमुख चौधरीले शिक्षा क्षेत्रलाई बलियो बनाउनका लागि शिक्षकहरुमा सकारात्मक सोच हुन अनिवार्य छ”- उहाँले भन्नू भयो । नगरपालिकाले शिक्षामा लगानी गरेर नगरपालिकाको शिक्षा क्षेत्रलाई उत्कृष्ट बनाउने कुरामा आफू दृढ भएको बताउनु भयो ।
त्यसैगरी नगर उपप्रमुख लक्ष्मी योगीले विद्यालय सुधार गर्न राज्यले विद्यालयका मापदण्डलाई पूरा गरेर अगाडी बढ्नु पर्ने बताउनु भयो । पढाउ र विद्यार्थी पास गराउ भनेर मात्र हुँदैन, स्रोत साधनको पनि व्यवस्था गरे मात्र ती विद्यालयमा गुणस्तरीय पढाइ हुन्छ”- उपप्रमुख योगीले बताउनु भयो ।
सामाजिक विकास समितिका संयोजक तथा लमही नगरपालिका -६ का वडा अध्यक्ष श्याम नारायण चौधरीले नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुमा व्यवस्थापनको पाटो कमजोर रहेको भन्दै समाधान गरे तर्फ ध्यान दिनु पर्ने बताउनु भयो । शिक्षा क्षेत्रको सुधारका लागि अब नगरपालिकाले आर्थिक रुपले लगानी गर्न पर्ने उहाँको भनाई छ । उहाँका अनुशार अब नगरपालिका भित्र रहेका सबै विद्यालयलाई निरन्तर अनुगमन गरिने र नियमन गर्ने चौधरीले बताउनु भयो ।
अनुगमनका क्रममा विद्यालयले भोग्दै आएका समस्याका बारेमा प्रधानाध्यापक यम बहादुर बस्नेतले प्रमुख र उपप्रमुखलाई जानकारी गराउनु भएको थियो ।
