प्रिया स्मृति गजमेर/लमही सोमबार, पुष ०२, २०८०

दाङ । लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले शिक्षा क्षेत्रमा सुधार गर्नुपर्ने आवश्यक रहेको बताउनु भएको छ ।

हामीले शिक्षामा केही फरकपन दिन सक्नु पर्छ भनेर लागेका छौं, त्यस कार्यमा शिक्षकहरुले पनि साथ दिनु पर्छ एक्लै संभव छैन,अनि मात्र राम्रो नतिजा आउने छ”- प्रमुख चौधरीले भन्नू भयो ।

सोमबार आज सामुदायिक विद्यालयको अनुगमन गर्न लमही नगरपालिका -९ मा रहेको बगारबाबा माध्यामिक विद्यालय रिहारमा पुग्नु भएका नगर प्रमुख चौधरीले शिक्षा क्षेत्रलाई बलियो बनाउनका लागि शिक्षकहरुमा सकारात्मक सोच हुन अनिवार्य छ”- उहाँले भन्नू भयो । नगरपालिकाले शिक्षामा लगानी गरेर नगरपालिकाको शिक्षा क्षेत्रलाई उत्कृष्ट बनाउने कुरामा आफू दृढ भएको बताउनु भयो ।

त्यसैगरी नगर उपप्रमुख लक्ष्मी योगीले विद्यालय सुधार गर्न राज्यले विद्यालयका मापदण्डलाई पूरा गरेर अगाडी बढ्नु पर्ने बताउनु भयो । पढाउ र विद्यार्थी पास गराउ भनेर मात्र हुँदैन, स्रोत साधनको पनि व्यवस्था गरे मात्र ती विद्यालयमा गुणस्तरीय पढाइ हुन्छ”- उपप्रमुख योगीले बताउनु भयो ।

सामाजिक विकास समितिका संयोजक तथा लमही नगरपालिका -६ का वडा अध्यक्ष श्याम नारायण चौधरीले नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुमा व्यवस्थापनको पाटो कमजोर रहेको भन्दै समाधान गरे तर्फ ध्यान दिनु पर्ने बताउनु भयो । शिक्षा क्षेत्रको सुधारका लागि अब नगरपालिकाले आर्थिक रुपले लगानी गर्न पर्ने उहाँको भनाई छ । उहाँका अनुशार अब नगरपालिका भित्र रहेका सबै विद्यालयलाई निरन्तर अनुगमन गरिने र नियमन गर्ने चौधरीले बताउनु भयो ।

अनुगमनका क्रममा विद्यालयले भोग्दै आएका समस्याका बारेमा प्रधानाध्यापक यम बहादुर बस्नेतले प्रमुख र उपप्रमुखलाई जानकारी गराउनु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]