
Jsbg-7
Usbl-7
Gsbg-3
Rksr-7
Msbg-2
Csbg-7
Jsbr-3
Gsbr-6
ksbl-7
Pbu


दाङ । नवीन राष्ट्रिय प्रजातन्त्र पार्टी दाङको क्षेत्र नम्बर १ को क्षेत्रीय अध्यक्ष पदमा बिनय बुढाथोकी चयन भएका छ्न ।
मंसिर ३० गते शनिबारका दिन देउखुरी क्षेत्र नम्बर -१ अन्तर्गत लमहीमा क्षेत्रीय अध्यक्ष लिलाराम यादबको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य मिना स्वर्णकारको प्रमुख आतिथ्यता र जिल्ला अध्यक्ष किशोर कुमार न्यौपानेको बिशिस्ट आतिथिमा सम्पन्न भएको पार्टीको बिस्तारीत बैठकको भेलाबाट बुढाथोकी चयन भएका हुन ।
क्षेत्र नम्बर १ का क्षेत्रीय अध्यक्ष लिला यादबलाई जिल्ला कमिटीले जिल्ला उपाध्यक्ष पदम मनोनित गरे पश्चात् उक्त रिक्त पदमा बुढाथोकीलाई सर्वसहमतीको आधारमा चयन गरिएको छ । जसको सचिबमा टोपेन्द्र खनालाई सर्बसहमतीको आधारमा चयन गरिएको छ भने जिल्ला कार्यसमिति सदस्य गिरिजा चौधरीलाई जिल्ला उपाध्यक्ष पदमा मनोनित गरेको छ ।
त्यस्तै क्षेत्र नम्बर -१ को क्षेत्रीय कमिटीलाई पुर्णता दिने सम्बन्धमा क्षेत्रीय अध्यक्ष बुढाथोकी र सचिव खनाललाई जिम्मा दिइएको पार्टी श्रोतले बताएको छ ।

