
Bs1
Pbu
Gsl


काठमाडौं । मध्यपहाडी संकल्प यात्राको क्रममा धनकुटा र भोजपुरको बिचमा पर्ने लेगुवा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि एक व्यक्तिले आक्रमणको प्रयास गरेका छन् ।
अध्यक्ष ओलीलाई फूलमाला र अविरले स्वागत गर्ने लाइनमा बसेका एक व्यक्तिले आक्रमणको प्रयास गरेका हुन् । उनको आक्रमण लगत्तै एमाले कार्यकर्ताले ती व्यक्तिलाई कुटपिट गरेका थिए । महालक्ष्मी–५ धनकुटाका महेश राईले ओलीमाथि आक्रमणको प्रयास गरेका हुन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।
त्यस्तै ओलीमाथि भएको आक्रमणको विषयमा प्रहरीले भने औपचारिक रुपमा कुनै जानकारी भने दिएको छैन ।
