
Msbg-2
Gsbr-6
Pbu
Usbl-7
Rksr-7
Jsbg-7
Csbg-7
Jsbr-3
Gsbg-3
ksbl-7


काठमाडौँ । नेकपा(माओवादी केन्द्र) ले पदाधिकारी बैठक बोलाएको छ ।
पछिल्लो राजनीति अवस्था,विशेष रूपान्तरण अभियान,सरकारको एक वर्षे कार्यकाल,पार्टी एकता,विधान सम्मेलन लगायत विषयमा छलफल गर्न बैठक बोलाएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनु भयो ।
त्यस्तै बैठक पुस ३ गते प्रधानमन्त्री निवास बालुवाटार बस्ने उहाँले बताउनु भयो । सोही बैठकले बाबुराम नेतृत्वको नेसपासँग एकता प्रक्रिया अगाडी बढाउन एकता समायोजन समिति गठन हुन सक्ने सापकोटाले विश्वास व्यक्त गर्नु भयो ।
‘अब बस्ने पदाधिकारी बैठकबाट विशेष निर्णय हुनसक्छ । सरकारको एक वर्षे कार्यकालको समीक्षा,अभियानको समीक्षा,पछिल्लो राजनीति अवस्था,विधान सम्मेलन,एकता समायोजन समिति लगायत विषयमा गम्भीर छलफल गर्छौं’, बैठकबारे जानकारी दिँदै रातोपाटीसँग उहाँले भन्नु भयो ।
यस्तै भदौ १६ देखि सुरु भएको माओवादी विशेष रूपान्तरण अभियान आगामी पुस १६ गते सकिँदैछ । प्रचण्ड नेतृत्वको सरकारले पुस ११ गते एक वर्ष पुरा गर्दैछ । पछिल्लो एनसेल प्रकरणमा सरकार आलोचित भएको छ । मङ्सिर ६ गते एकताका लागि नेसपाले अध्यक्ष बाबुरामको नेतृत्वमा एकता समायोजन समिति गठन गरे पनि माओवादीबाट अहिलेसम्म समायोजन समिति गठन भएको छ । रूपान्तर अभियानको समय थप हुँदा मङ्सिरमा हुने भनिएको विधान सम्मेलन प्रभावित भएको छ ।
