
Gfs
Sgr
sbs
Unsku
Djs
Rgp1
Lnp
pku
Pes
Rgp
Ggp
Pbu
Srbpu
cjs

Rgu
Pvg
Rgs
Bbbpu
Sbs
Ssm
Rsb
Ggd
Bbu
Vor
Ksm
Hal
Wsp
Sls
Gst
Asm
Rgu
Tsm
nsb

Rpp
Bml
Gsb
Rmb
Syp
Abd
Ptm
Jmb
Pls
bbt
Jmb
Mks
sab
काठमाडौँ । नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा संलग्न ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारीसहित गरी ३२ जनालाई नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।
बुधवार आज पत्रकार सम्मेलन गरी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले गत असोज १९ गतेदेखि हालसम्म सो प्रकरणमा ३२ जनालाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अगाडी बढाइएको जानकारी दिए ।
यस्तै उनका अनुसार नक्कली कागजात बनाइ भिजिट भिसामा विदेश पठाउने प्रकरणमा पक्राउ परेकामध्ये कन्सल्टेन्सी सञ्चालक ६ जना, प्रहरी १ जना, पूर्व प्रहरी १ जना, एयरलाइन्सका २ जना र अन्य विभिन्न सेटिङमा संलग्न व्यक्तिहरू ११ जना रहेका छन् । पक्राउ परेका मध्ये ९ जनामाथि सङ्गठित अपराधमा अनुसन्धान भइरहेको र लिखत सम्बन्धी कसुरमा १२ जनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै ८ जना धरौटीमा छुटिसकेको र बुधवार मात्र थप ३ जनालाई नियन्त्रणमा लिई अनुसन्धान प्रारम्भ भएको प्रहरीले जनाएको छ । प्रहरी नायव उपरीक्षक गोविन्द पन्थीकाअनुसार पक्राउ पर्ने ट्राभल एजेन्सीका सञ्चालकहरूमा वन्ट्रा ट्रिप अनलाइन ट्राभल्सका सञ्चालक मनुराज चौधरी, एचआर टुर्स एण्ड ट्राभल्सका सञ्चालक रामप्रसाद भण्डारी, एण्ड होलिडेज एण्ड ट्राभल्सका सञ्चालक सरोज यादव, एसकेजे ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, रिलेभेन्ट ट्राभल्सका सञ्चालक देवराज खनाल रहेका छन् ।
यस्तै एडभान्स म्यानेजमेण्ट मल्टी ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डे पनि पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा अध्यागमन विभागका अध्यागमन अधिकृत नरवीर खड्का,नेपाल एयरलाइन्सका कर्मचारी अरविन यादव र होम पोखरेल पनि रहेको प्रहरीले जनाएको छ ।
