
Unsku
Ggp
Rgp1
Rgp
Srbpu
Pbu
Lnp
Sgr
pku

Bbbpu
nsb
Sls
Sbs
Rgs
Hal
Bbu
Asm
Ssm
Gst
Rgu
Ksm
Vor
Pvg
Rsb
Tsm
Ggd
Rgu
Wsp

Bml
Jmb
Abd
Rpp
Jmb
bbt
Ptm
sab
Mks
Rmb
Pls
Gsb
Syp
दाङ । देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको छैठो बार्षिक साधारण सभा शनिवार गढवामा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष ओभा पाठकको अध्यक्षता र प्रतिनिधिसभाका साम्सद नारायणी शर्मा प्रतीक्षा को प्रतीक्षा को प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै साम्सद शर्माले नयाँ नागरिकहरूमा पठन संस्कृती हराउदै गएको भन्दै नयाँ पुस्तालाइ पठन प्रती जागरुक र आकर्षित बनाउन आवश्यक भएको बताउनु भयो ।
पुस्तकालयको संरक्षण,बिकास र उन्नयनका सबै आजिवन सदस्यहरु लाग्नु पर्ने उहाँले बताउनु भयो । गढवाको पुस्तकालय केवल पुस्तक पढ्ने ठाउँ मात्र न्भएर यसलाइ अनुसन्धान केन्द्र बनाउन सबैको ध्यान जानुपर्ने उहाको धारणा थियो । एक अर्को प्रसङ्गमा बोल्दै प्रतिनिधि सभा सदश्य शर्माले समग्र देउखुरी क्षेत्रको समृद्दी र बिकासाका लागि सबै रजनितिक दल र जनप्रतिनिधि एकै ठाउमा जुटेर बिकास समृद्दी अगाडि बढ्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेल, वडा नम्बर ५ का वडा अध्यक्ष लेख बहादुर थापा, निवर्तमान अध्यक्ष गिरिराज भट्ट , वडानम्बर ७ का सदस्य रेखा थापा, साहित्यकर्मी जगतराम यादव, शिक्षाप्रेमी गोबिन्द ओलि, संस्थापक कोषाध्यक्ष सकुन्तला डिसि लगायतले बोल्नु भएको थियो ।
त्यस्तै कार्यक्रममा पुस्तकालय स्थापना कालमा प्रस्तावना लेखन देखि धेरै कार्यमा अमुल्य सहयोग गर्ने निवर्तमान अध्यक्ष गिरिराज भट्ट तथा हरेक कोणबाट योगदान दिने गढवा गाउँपालिका वडा नम्बर ५ का अध्यक्षलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने बर्ष उत्कृष्ट पाठकको सम्मान निर्जला पुन र जनक केसिलाई गरिएको थियो ।
पुस्तकालयलाई आफ्नो क्षेत्रबाट सहयोग गर्नु भएको भन्दै गढवा पन्चैबाजा कला संस्कृति संरक्षण केन्द्र, नेपाल अवधी संस्कृति संरक्षण केन्द्र तथा जागेश्वर चौधरिलाइ कदर पत्र प्रदान गरिएको थियो । संस्थाका सचिव शिबराज पन्थीले संस्थागत प्रतिवेदन तथा बार्षिक योजना र कोषाध्यक्ष तिलक परियारले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सचिव शिवराज पन्थिको स्वागत मन्तब्यबाट आरम्भ भएको साधारणसभाको संचालन दुखहरण यादवले गर्नु भएको थियो ।

