
Ggp
pku
Unsku
Sgr
Srbpu
Pbu
Rgp1
Rgp
Lnp

Asm
Hal
nsb
Pvg
Rgu
Rgs
Sls
Gst
Bbu
Rsb
Wsp
Tsm
Sbs
Ggd
Vor
Ssm
Bbbpu
Rgu
Ksm

sab
Ptm
Gsb
Jmb
Syp
Bml
Rmb
Pls
Jmb
Abd
Mks
Rpp
bbt
दाङ । नामसालिङ सामुदायिक विकास केन्द्र दाङले राप्ती गाउँपालिका वडा नं.१ काे माछिताल र ५ काे भुल्केमा उत्पादन उपरान्त प्रविधि तालिम प्रदान गरेकाे छ।
विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिकासँगको समन्वयमा राप्ती गाउँपालिकामा संचालित एकीकृत सामुदायिक विकास परियोजनाकाे कृषि तथा खाद्य सुरक्षा कार्यक्रम अन्तर्गत परियाेजना क्षेत्रका माछिताल र भुल्के समुदायमा उत्पादन उपरान्त प्रविधि पोस्ट हार्बेस्ट टेक्नोलोजी तालिम कार्यक्रम प्रदान गरेको हो।
नामसालिङका कृषि अधिकृत सशांक आचार्य तथा कृषि प्राविधिक धन कुमारी चौधरीले सहजीकरण गरेकाे उक्त कार्यक्रममा माछिताल र खर्क बगासोतीका २५ तथा भुल्के का २९ कृषकहरुको सहभागिता रहेको थियो।
तालिम पश्चात सहभागीहरूलाई बीउ बिजन सुरक्षित भण्डारण गर्नलाई उपयोगी (PICS bag) बिउ थैली पनि वितरण गरिएको थियो।
वि सं २०४१ मा इलामको नामसालिङ गाउँमा स्थापित नामसालिङ सामुदायिक विकास केन्द्रले दाङको राप्ती गाउँपालिकामा २०७४ सालदेखि एकीकृत सामुदायिक विकास परियोजना मार्फत सामुदायिक विकासका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ।
परियाेजना मार्फत कृषि,पोषण,आयआर्जन, जलवायु अनुकूलन तथा सुशासनका क्षेत्रमा एकीकृत कार्यक्रम सञ्चालन गर्दै आइरहेको केन्द्रले समुदायलाई आर्थिक तथा सामाजिक रूपमा सबल बनाउँदै अगाडि बढाउँदै आइरहेको नाम्सालिङका कृषि अधिकृत तथा कार्यक्रम संयोजक शशांक आचार्यले जानकारी दिएका छन् ।
