
Djs
Rgp
Sgr
Srbpu
Ggp
cjs
pku
Pes
Gfs
Lnp
Ses
Rgp1
Pbu
Unsku

nsb
Tsm
Ggd
Gst
Pvg
Sls
Sbs
Bbbpu
Hal
Ssm
Vor
Rgu
Rgu
Asm
Ksm
Rsb
Wsp
Rgs
Bbu

Jmb
Rpp
Pls
Bml
Ptm
Mks
Jmb
Gsb
sab
Abd
Syp
bbt
Rmb
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २,बेलामा रहेको देउखुरी उपत्यकाकै प्रसिद्ध सोमईथान मन्दिरको जिर्णोद्धार भौतिक निर्माण तथा ब्यवस्थापन सुधार गर्ने उद्देश्यले २०७३ सालमा आयोजना गरि सम्पन्न गरिएको श्रीमतभागवत महायज्ञमा सहयोगी महानु भावहरुको नामावली लेखिएको सिलालेख मन्दिर भित्र रहेको एउटा घर भित्रको कुनामा अहिलेसम्म अलपत्र अवस्थामा थन्किएका छन् ।
शिलालेख सुल्टो बनाएर अवलोकन गर्दा विभिन्न संघ संस्था,बृद्ध भद्रभलादमीबाट ५ हजार ,५ रुपैया देखि ५१ हजार,२ सय,३४ रुपैयासम्म आर्थिक सहयोग गर्ने ५९ जना सहयोगिहरुको नामावली अनुसार लाखौं रुपैयाँ देखिन्छ । महायज्ञको आयोजना गर्दै गर्दा पाँच हजार भन्दा माथी सहयोग गर्नेको नाम शिलालेखमा लेखिन्छ भन्दै रकम संकलन गरिएको भएपनि २०७३ सालदेखी हालसम्म ती शिलालेखहरु कुनामा थन्किएको पाइएको हो ।
त्यस्तै यो शिलालेख एक कुनामा थन्किरहदा सहयोग गर्ने सहयोगीदाताहरुको सम्मान भन्दापनि अपमान भएको स्थानीयहरुको भनाइ रहेको छ । त्यसैगरी सो महायज्ञमा १ रुपैयाँ देखि ४ हजार,९ सय,९९ रुपैयासम्म आर्थिक सहयोग गर्ने र अन्य बस्तु दान गर्नेको त कुनै बिबरण नै नदेखिएको महायज्ञमा दान गर्ने दानदाताहरुको व्यापक गुनासो पाइएको छ । महायज्ञ आयोजना गर्ने समितिको बारेमा बुझ्दा अहिलेसम्म मन्दिरमा कुनै ठोस प्रमाण फेला नपरेपनि जिम्मेवारी पदमा रहेका समाज सेविहरुले सहयोग गर्ने सहयोगीदाताहरुको सम्मान र जिर्णअवस्थामा रहेको मन्दिर मर्मत सम्हारको पक्षमा स्पष्टरुपले सार्वजनिक गर्नुपर्ने बताएका छन् ।
महायज्ञद्वारा उठाइएको लाखौं रकमले अहिलेसम्म नत मन्दिरको कुनै भौतिक सुधार भएको देखिन्छ,नत कुनै मन्दिरको भवन निर्माण गरेकै देखिन्छ । यस मान्नेमा सम्बन्धित निकायले कानमा तेल हालेर,टुलुटुलु हेरेर बसेको स्थानीय बासिहरुको गुनासो रहेको पाइएको छ ।
