Sidha Patra बिहिबार, मंसिर २१, २०८०

काठमाडौं । आज जुवातास खेल्दाखोल्दै काठमाडौँ र ललितपुरबाट १४ जना पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयकाअनुसार ललितपुर महानगरपालिका वडा नम्बर ३ झम्सिखेलस्थित सुस्मा नेपालको मुगल होटेलमा कौडा खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् ।

त्यस्तै सोही महानगरपालिका-२४ धापाखेल बस्ने महांकाल गाउँपालिका-४ घर भएका ३४ वर्षीय रमेश तिमल्सिना समेत ११ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर जावलाखेलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ९९ हजार ५ सय रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको जनाइएको छ ।

यसैगरी काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर २ नागढुङगास्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-२ बस्ने ३९ वर्षीय संजिब बस्नेत सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १५ हजार रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । रातोपाटी

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]