
Unsku
Srbpu
Rgp1
Sgr
Pbu
Rgp
pku
Lnp
Ggp

Gst
Rgs
Rsb
Bbu
Tsm
Ggd
Asm
Ksm
Hal
Sbs
Rgu
nsb
Sls
Bbbpu
Wsp
Pvg
Rgu
Vor
Ssm

Rpp
bbt
Abd
Mks
Bml
Jmb
Gsb
Pls
sab
Jmb
Ptm
Rmb
Syp
दाङ । नामसालिङ सामुदायिक विकास केन्द्र दाङले राप्ती गाउँपालिका वडा नं.५ काे भुल्के र वडा नं. ९ काे जाकिनेमा पाैष्टिक आहारा छनाैट तथा पाक विधि प्रदर्शन कार्यक्रम सम्पन्न गरेकाे छ।
विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिका सँगको समन्वयमा राप्ती गाउँपालिकामा संचालित एकीकृत सामुदायिक विकास परियोजनाकाे पाेषण सचेतना कार्यक्रम अन्तर्गत परियाेजना क्षेत्रका भुल्के र जाकिने समुदायमा प्रयाेगात्मक शैलीकाे पाैष्टिक आहारा छनाैट तथा पाक विधि प्रदर्शन कार्यक्रम सम्पन्न गरेकाे छ।
नामसालिङका फिल्ड काेर्डिनेटर धर्म यादवले सहजीकरण गरेकाे उक्त कार्यक्रममा वडा नं. ९ का वडा अध्यक्ष रिम बहादुर सुनारीका साथै समूदायका अन्य अगुवाहरूकाे सहभागीता रहेकाे थियाे। कार्यक्रममा वडा अध्यक्ष सुनारीले पाेषणकाे महत्वका विषयमा प्रकाश पार्नुभएकाे थियाे।
वि सं २०४१ मा इलामको नामसालिङ गाउँमा स्थापित नामसालिङ सामुदायिक विकास केन्द्रले दाङको राप्ती गाउँपालिकामा २०७४ साल देखि एकीकृत सामुदायिक विकास परियोजना मार्फत सामुदायिक विकासका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ।
परियाेजना मार्फत कृषि,पोषण,आयआर्जन,जलवायु अनुकूलन तथा सुशासनका क्षेत्रमा एकीकृत कार्यक्रम सञ्चालन गर्दै आइरहेको केन्द्रले समुदायलाई आर्थिक तथा सामाजिक रूपमा सबल बनाउँदै अगाडि बढाउँदै आइरहेको कार्यक्रम संयोजक शशांक आचार्यले जानकारी दिएका छन् ।

