
Lnp
Srbpu
Sgr
pku
Rgp1
Unsku
Ggp
Pbu
Rgp

Tsm
Asm
Rgu
Sls
Pvg
Vor
Bbu
Bbbpu
nsb
Ssm
Gst
Ggd
Rgs
Ksm
Sbs
Wsp
Rsb
Hal
Rgu

Pls
Gsb
sab
Rpp
Rmb
Ptm
Abd
Bml
Syp
bbt
Jmb
Mks
Jmb
दाङ । स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाहरुको अतुलनीय योगदान रहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ।
२०औं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेले सो कुरा बताउनुभएको हो । गढवा गाउँपालिका स्वास्थ्य शाखाले आयोजना गरेको कोइलाबास स्वास्थ्य चौकीमा भएको कार्यक्रमको बोल्दै अध्यक्ष पोख्रेलले सो कुरा बताउनुभएको हो।
स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास भन्ने मुल नाराका साथ सम्पन्न २०औं महिला स्वास्थ्य स्वयंसेविका दिवशमा बोल्दै अध्यक्ष पोख्रेलले महिला स्वास्थ्य स्वयंसेविका काम गर्न थालेपछि स्वास्थ्य क्षेत्रमा राम्रो काम भएको बताउनुभयो। स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाहरुको ठुलो योगदान रहेको बताउदै गढवा गाउँपालिकामा आफु निर्वाचित भएर आएपछी पहिले अबकास महिला स्वास्थ्य स्वयंसेविकालाई दिदै आएको ३० हजार रुपैयाँ बाट बढाएर १ लाख रुपैयाँमा पुर्याएको बताउनुभयो। महिला स्वास्थ्य स्वयंसेविकाहरुको ठुलो त्याग छ, खोप अभियान होस् या अन्य कुनै पनि स्वास्थ्य कार्यक्रममा उहाँहरुको काम कर्तव्य र जिम्मेवारी कठिन र चुनौतीपुर्ण भएको तर पनि कडा मिहिनेतका साथ लागेर टार्गेट पुरा गरेको बन्दै तारिफ समेत गर्नु भयो। ६० बर्ष पुरा गर्नु हुने महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई अब ३० हजार नभई १ लाख रुपैयाँ सहित सम्मानका साथ बिदाई गर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै कोइलाबास स्वास्थ्य चौकीका प्रमुख तुलाराम चौधरीले अनिकांस भूभाग पहाडी रहेकोले दुई पाङ्ग्रे एम्बुलेन्सको ब्यवस्थापन भए सेवा प्रवाहमा थप सहयोग पुग्ने बताउनुभयो।
त्यसैगरी कार्यक्रम बोल्दै ८ नम्बर वडाध्यक्ष अब्दुल खालिक सिद्दिकी कोइलाबास स्वास्थ्य चौकीका कार्यसम्पादनमा पालिका उत्कृष्ट भएको बताउनुभयो। चौकीलाई मोटरसाइकल एम्बुलेन्सको आवश्यकता महसुस् गरेका छौ यसको बारेमा छलफल गरेर निष्कर्ष निकाल्ने बताउनुभयो। कोइलाबास स्वास्थ्य चौकीकामा ९ जना महिला स्वास्थ्य स्वयंसेविकाहरु कार्यरत रहनु भएको छ ।कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका मिना पुन र कमला केसीले बोल्नु भएको थियो
दिवसको अवसरमा ८ नम्बर वडामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविका कमला केसी लाई सम्मान पत्र सहित सम्मा गरिएको हो। केसीले कोइलाबास स्वास्थ्य चौकी मातहतमा रही लामो समयदेखी अनवरत रुपमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकामा समुदायको स्वास्थ्य सेवा प्रवर्द्धन गर्नमा उल्लेखनीय योगदान पुर्याएको भन्दै सम्मान गरेको स्वास्थ्य चौकी प्रमुख तुलाराम चौधरीले जानकारी दिनुभयो।
कोइलाबास स्वास्थ्य चौकीमा कार्यरत अनमी यसोदा कुमारी पाण्डेको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण स्वास्थ्य चौकी प्रमुख तुलाराम चौधरीले गर्नु भएको थियो ।

