
Lnp
Srbpu
Sgr
Unsku
Ggp
Pbu
pku
Rgp
Rgp1

Rgu
Tsm
Wsp
Pvg
Rgs
Sbs
Vor
Hal
Ssm
Bbbpu
Asm
Rgu
Bbu
Sls
Gst
Rsb
Ksm
nsb
Ggd

Bml
Syp
bbt
Mks
Jmb
Rmb
sab
Jmb
Ptm
Pls
Abd
Rpp
Gsb
दाङ । गढवा गाउँपालिका वडा नम्बर ८ मा रहेको नेपाल–भारत छुट्याउने नेपाल ५९९/५ (३८) नम्बरको पिल्लरको रङरोगन गरेर मर्मत कार्य सुरु भएको छ।
नेपाल–भारत सीमामा रहेका सीमास्तम्भको मर्मत तथा रङरोगन कार्य गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले रङरोगन गरेर शुभारम्भ गर्नु भएको हो ।
लुम्बिनी प्रदेशको दाङ जिल्लाको कुल ७६ पिल्लर मध्ये जोर संख्या भारत र बिजोर संख्या नेपालले मर्मत तथा रङरोगन गर्ने शसस्त्र प्रहरी बल दाङका प्रमुख गोपाल श्रेष्ठले जानकारी दिनुभयो। नेपालले ३५ वटा पिल्लरको मर्मत तथा रङरोगन गर्ने जानकारी दिदै प्रमुख श्रेष्ठले सन् २०१४ भन्दा पहिलेका पिल्लर मर्मत सम्भार नहुने बताउनु भयो ।
सरकारको निार्णयअनुसार मंगलबारबाट लुम्बिनी प्रदेशको दाङ जिल्लामा रहेका सीमास्तम्भ मर्मतको काम सशस्त्र प्रहरी बलले सुरु गरेको छ। मन्त्री परिषदको निर्णय अनुसार सिमा पिल्लर मर्मत तथा रङरोगन कार्य सुरु गरेको शसस्त्र प्रहरी बल दाङका प्रमुख गोपाल श्रेष्ठले बताउनुभयो । भारतको तर्फबाट शसस्त्र प्रहरी बल बलरामपुर जील्लाका डिएसपी आर के तेज कुमार, नेपालका तर्फबाट शसस्त्र प्रहरी बल दाङका प्रमुख गोपाल प्रसाद श्रेष्ठ, प्रस्तावित सिमा सुरक्षा बल गुल्म कोइलाबासका गुल्मपति शसस्त्र प्रहरी नायव उपरीक्षक सन्तोष विर सिंह, इलाका प्रहरी कार्यालय कोइलाबासका प्रहरी नायव उपरीक्षक कुमार केसी लगायतकाको उपस्थिति रहेको थियो ।
दाङको कोईलाबासमा रहेको नेपाल–भारत छुट्याउने ५९९/५ (३८)नम्बरको पिल्लरको रङरोगन गरेर मर्मत सुरु गरिएको सर्वेविभाग नेपालका सर्वे अधिकृत पवन कुमार खत्रिले जानकारी दिनुभयो। सर्वेअधिकृत खत्रिका अनुसार सन् २०१८ मा सम्पन्न नेपाल–भारत बाउन्ड्री वर्किङ ग्रुपको बैठकअनुसार सन् २०१४ पछि मर्मत तथा निर्माण भएकामध्ये जोर नम्बरको सीमास्तम्भ भारतीय सशस्त्र सीमाबल बिजोर नम्बरको सीमास्तम्भ सशस्त्र प्रहरीले मर्मत गर्ने निर्णय भएको थियो त्यै अनुसार काम अघि बढाएको बताउनु भयो।
गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल र ८ नम्बर वडाध्यक्ष खालिक सिद्दिकीले रङरोगन गरेर शुभारम्म गर्नु भएको हो। भारतको तर्फ बाट शसस्त्र प्रहरी बल बलरामपुर जील्लाका डिएसपी आर के तेज कुमार, नेपालका तर्फबाट शसस्त्र प्रहरी बल दाङका प्रमुख गोपाल प्रसाद श्रेष्ठ, प्रस्तावित सिमा सुरक्षा बल गुल्म कोइलाबासका गुल्मपति शसस्त्र प्रहरी नायव उपरीक्षक सन्तोष विर सिंह, इलाका प्रहरी कार्यालय कोइलाबासका प्रहरी नायव उपरीक्षक कुमार केसी लगायतकाको उपस्थिति रहेको थियो ।
त्यस्तै मर्मत तथा रङरोगन नेपालको काम नेपालको दाङ जिल्ला र भारतको बलरामपुर र श्राबस्ती जील्ला संग सटेको सिमा स्तम्भहरुको हुने बताईएको छ।

