
pku
Unsku
Sgr
Pbu
Lnp
Srbpu
Ggp
Rgp1
Rgp

nsb
Bbbpu
Rsb
Hal
Ggd
Ksm
Rgu
Wsp
Gst
Tsm
Rgu
Rgs
Pvg
Vor
Bbu
Asm
Ssm
Sls
Sbs

Ptm
Rpp
bbt
Jmb
Gsb
Bml
Pls
Mks
sab
Abd
Jmb
Syp
Rmb
दाङ । राजपुर गाउँपालिका वडा नम्बर १ गुरुङ खोलामा अभिभावक गुमाएका बालक दुई दाजुभाइलाई राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले खाद्यान्न सहयोग गर्नु भएको छ ।
एक महिना अघि आमाले छाडेर गएको र हालै बुवाको मृत्यु भएपछि अभिभावक भिन भएका दुई दाजुभाइलाई गाउँपालिका अध्यक्ष बुढाथोकीले तत्काल ५ बोरा चामल,दुई लिटर खाने तेल,५ केजी दाल,दुई पोका नुन आइतबार घरमै पुगेर उपलब्ध गराउनु भएको हो ।
जेठो छोरा १३ वर्षका दिपक डाँगी,कान्छो छोरा ८ वर्षका गौरब डाँगीलाई आमा तुलसा डाँगीले छाडेर गएको र बुवा कुम बहादुर डाँगीको पनि १३ दिन अघि मृत्यु भएपछि ती बालकहरु अभिभावक भिन भएको स्थानीय समाजसेवी तिलक चलाउने जानकारी दिनु भयो । बुवा कुमबहादुरको किरिया जेठो छोरा दिपक बसेका थिए भने सोमबार आज शुद्धशान्ति गरिएको चलाउनेले जानकारी दिनु भयो ।
त्यस्तै त्यहाँका स्थानीयको भनाइ अनुसार बालकका आमा तुलसा अहिले सम्पर्क भिन छन् । श्रीमतीले घर छाडेर गएपछि कुमबहादुरले बढी चिन्ता गरेको र चिन्ताका कारण उनको मृत्यु भएको हुन सक्ने बुझिएको छ । कुमबहादुरको मृत्यु भएको र बालकहरुले बढी दुख पाएको भन्ने खबर पाएपछि गाउँपालिका अध्यक्ष बुढाथोकीले तत्काल राहत स्वरुप खाद्यान्न उपलब्ध गराएको बताउनु भयो ।
उक्त राहत दिदै अध्यक्ष बुढाथोकीले तत्काल रोकथामका लागि आफुले आफ्नो तर्फबाट थोरै खाद्यान्न सहयोग गरेको र अब कार्यपालिकाबाट निर्णय गरेर ती बालकलाई न्यानो लुगा सहित अन्य आवश्यक सहयोग गर्ने बताउनु भयो ।
त्यसैगरी अध्यक्ष बुढाथोकीले बालकहरुको आर्थिक अवस्था धेरै नाजुक भएको हुँदा सम्बन्धित निकाय सम्पूर्णलाई सक्दो सहयोग गर्नपनि आग्रह गर्नु भएको छ ।
