
Srbpu
Unsku
Lnp
Rgp
Ggp
Pbu
Rgp1
pku
Sgr

Ssm
Tsm
Bbbpu
Rgs
Bbu
Pvg
Sbs
nsb
Ggd
Rgu
Wsp
Rsb
Ksm
Asm
Vor
Sls
Gst
Rgu
Hal

Rmb
Abd
bbt
Gsb
Ptm
Jmb
Syp
Rpp
Bml
Mks
sab
Pls
Jmb
दाङ । सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशले लैङ्गिक हिंसा विरुद्ध सम्बन्धि अन्तरक्रिया कार्यक्रम आइतबार गढवाको कुलपानी हरित पार्कमा सम्पन्न गरेको छ ।
महासंघका अध्यक्ष कल्पना भण्डारीको अध्यक्षता तथा गढवा गाउँपालिकाकि उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि चौधरीले महिला हिंसा विरुद्ध नामकलाई अहिले परिवर्तन गरेर लैङ्गिक हिंसा राखिएको बताउनु भएको छ ।
समाजमा पहिलो हिंसा पीडित त महिलानै हुने गरेको र पछिल्लो समय सामाजिक संजाल मार्फत र अन्य विभिन्न कोणबाट पुरुषहरुपनि हिंसाको सिकार पर्ने भएको हुँदा सरकारले अहिले महिला हिंसा नामकलाई परिवर्तन गरेर लैङ्गिक हिंसा राखिएको उपाध्यक्ष चौधरी बताउनु भयो ।
त्यस्तै उहाँले अहिले राष्ट्रिय स्तरमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको र उक्त अभियानलाई वडा स्तरमा पुगेर आफू लगायत आफ्नो पालिकाको टिम र विभिन्न संघ संस्थासंग समन्वय गरेर जनचेतनामूलक अन्तरक्रिया कार्यक्रमहरु संचालन गरिरहेको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका उपाध्यक्ष चौधरीले यो अभियान वर्षको १६ दिन मात्र चलाएर नहुने र विभिन्न कार्यक्रमको माध्यमद्वारा समाजमा जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्नुपर्नेमा जोड दिनु भएको थियो । यस कार्यक्रमहरुलाई प्रभावकारी बनाउनका लागि विभिन्न सरोकारवाला निकायले साथ र सहयोग गर्नुपर्ने विचार व्यक्त गर्नु भएको थियो ।
त्यस्तै कार्यक्रमका विषेश अतिथि सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य कमल परियारले समाजमा लैङ्गिक हिंसा हुन नदिनका लागि महिला र पुरुषले महत्त्वपूर्ण भुमिका रहेको बताउनु भयो । सामाजिक कार्यमा सरिक हुँदा एक र अर्काले बुझ्ने र बुझाउन सक्नुपर्ने र सामन्य विवादलाई उग्ररुपमा परिवर्तन हुन नदिनुनै एकले अर्कालाई हिंसाबाट बचाउन सकिने बताउनु भयो ।
सामुदायिक वन उपभोक्ता महासंघ दाङ जिल्लाका अध्यक्ष हरिप्रसाद भुसालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा महासंघका लुम्बिनी प्रदेशका उपाध्यक्ष हुमनाथ भट्टराईले कार्यक्रमको बिषयबस्तु बारेमा जानकारी दिनु भएको थियो ।
त्यस्तै कार्यक्रममा वन महासंघका केन्द्रीय सदस्यहरू दिनानाथ शर्मा,वन महासंघ लुम्बिनी प्रदेशका सदस्य यमबहादुर थापा,गढवा गाउँपालिका वडा नम्बर १ का वडा सदस्य तथा कुलपानी सामुदायिक वन उपभोक्ता समूहकी सचिव दिलबसी विक लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
वनको दिगो व्यवस्थापन र सामुदायिक अधिकार समावेशी सुशासन र हरित अर्थतन्त्र समृद्धिको आधार,लैङ्गिक हिंसा अन्त्यको सुनिश्चित महिला र बालबालिकामा लगानीको एक्यबद्धता भन्ने मुल नाराका साथ सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशको आयोजना तथा वन महासंघ दाङको समन्वय र कुलपानी सामुदायिक वन उपभोक्ता समूहको व्यवस्थापनमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर १ का जेष्ठ महिलाहरु कोइली कुमाल,सुजनी थारुकुमाल,कलावती यादव,सावित्री उपाध्याय र अपाङ्गता महिला तिलका बसेललाई दोसल्ला ओढाएर महासंघकी अध्यक्ष भण्डारी र गाउँपालिका उपाध्यक्ष चौधरीले संयुक्त रुपमा दोसल्ला ओढाएर सम्मान गर्नु भएको उक्त कार्यक्रमको सञ्चालन स्थानीय वन महासंघ गढवाका अध्यक्ष नवराज शर्माले गर्नु भएको थियो ।

