
Ksb
Nsb
Csb
Ksb
Ppu
Rsb
Tgp
Usb
Bsn
Gsb
jsb
Rks
Fmb
Ssb
Ksb
Ssb

Ssb
Gsb
Usb
Hl1
Tsb

ptl
Rgu
Nps
दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा पूर्वाधार विकास प्राधिकरणको कार्यालय स्थापना हुने भएको छ ।
देउखुरीको राप्ती गाउँपालिकामा उक्त कार्यालय स्थापना गर्ने तयारी रहेको छ । दशैलगतै सो कार्यालय स्थापना हुने यस अघि नै तयारी रहेको भन्दै अबको केही दिनमा कार्यालय स्थापना हुने राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले बताउनु भयो ।
प्रदेश राजधानी भएपछि पहिलो कार्यालयका रुपमा स्थापना हुन लागेको हो । प्रदेशको स्थायी राजधानीको दीर्घकालीन योजना तयार पार्नका लागि उक्त कार्यालय स्थापना गर्न लागिएको हो ।
