
Pbu
Rgp
Rgp1
Srbpu
Sgr
pku
Ggp
Lnp
Unsku

Bbbpu
Ksm
Rgs
Hal
Vor
Sls
Bbu
Rgu
Tsm
Asm
Ggd
Rsb
nsb
Pvg
Wsp
Sbs
Rgu
Gst
Ssm

Bml
sab
Pls
Ptm
Jmb
Mks
Rpp
Gsb
Rmb
Abd
Syp
bbt
Jmb
दाङ । देउखुरीमा पहिलोचोटी प्याराग्लाइडिङको सफल उडान भएको छ ।
राप्ती गाउँपालिकाको बिकट क्षेत्र मानिने देवीकोटबाट प्याराग्लाइडिङको सफल उडान भएको हो ।
राप्ती गाउँपालिका वडा नम्बर ९ अन्तरगत पर्ने देवीकोट पर्यटकिय स्थलका लागि परचुर सम्भावना बोकेको स्थान हो । हाईबेदेखी ७ किलोमटिर उत्तरी लेकको चुचुरामा छ देवीकोट । यहाँ रहेको शिबजी मन्दिर, चिसो हावापानी, मिलेको बस्ती, चुचुराबाट नियाल्दा रमणिय देखिने राप्ती उपत्यका देविकोटका बिशेषता हुन ।
यसक्षेत्रमा शुक्रबार फरक दृश्य देखियो । आकाशमा उडेको प्याराग्लाइडिङले सबैको ध्यान तान्यो । केही घण्टा आकाशमा एकैचोटी ९/१० वटा प्याराग्लाइडिङ देखिए । मानिसहरुको बाक्लो उपस्थिती भयो । साँच्चिकै देवीकोट फरक देखियो । स्थानिय बासिहरु खुसी देखिन्थे । सरकार नपुगेको बिकट बस्तिमा प्याराग्लाइडिङले आशा र खुसीसँगै थप्यो । बिदेशी पाहुना देख्दा स्थानिय झन अचम्मित परे । ती बिदेशी पाहुना जर्मनी र पोल्याण्डबाट प्याराग्लाइडिङ पाईलटहरुको नेतृत्व गरेर आएका थिए । आकाशमा प्याराग्लाइडिङ उडाएर उद्घाटन गरिएको हो । देवीकोटबाट सिधै उडेर उपत्यका आउन सकिने भएको छ ।
राप्ती गाउँपालिका वडा नम्बर ४ स्थित सुन्दरपुरमा प्याराग्लाइडिङको ल्याण्डिङ पोईन्ट तोकिएको छ । देवीकोट र सुन्दरपुरको दुरी करिब ४ किलोमिटर छ । बिचमा पहाड र जँगल छन । बाबू एड्भेन्चर्स र रिडी राप्ती ग्रुपको सँयुक्त आयोजनामा देवीकोटबाट प्याराग्लाइडिङको सफल परिक्षण भएको हो ।
हावाको माध्यमबाट उड्ने प्याराग्लाइडिङ देवीकोटमा सम्भब भएको पाईलट सानुबाबु सुनुवारले बताए । देवीकोटको मौसम परिक्षण अनुसार प्याराग्लाइडिङ यहाँ सम्भब भएको पाईलट सानुबाबुले अनुभव सुनाए । ‘हावाको गति र पानी पर्ने मौसमलाई मध्यनजर गरि नियमित उडान भर्न सकिन्छ सानुबाबुले भने-पहाडको उचाई र उपत्यका पर्याप्त छ ।’
प्याराग्लाइडिङलाई निरन्तरता दिने तयारी पनि थालिएको छ । रिडी राप्ती ग्रुपका अध्यक्ष मानबहादुर बुढा मगरले भुगोलले साथ दिएको यस देवीकोटलाई पर्यटकिय रुपमा बिकाश गर्न प्याराग्लाइडिङ प्रमुख रहेको बताए । ‘प्याराग्लाइडिङ पर्यटकका लागि प्रमुख आकर्षण हो, त्यसको सफल परिक्षण त भयो नै अध्यक्ष बुढाले भने-यसलाई हामी निरन्तरता दिने तयारीमा छौ ।’
लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका अन्तरगत पर्दछ ‘देवीकोट’ । लुम्बिनीमा पर्यटकिय स्थलहरु तमाम छन । तर कति ओझेलमा छन त कति चालू अबस्थामा छन । राजधानी क्षेत्र अन्तरगतमै पर्ने देवीकोटलाई पर्यटकिय स्थलका रुपमा सरकारले बिकाश गर्नुपर्ने देखिन्छ । यहाँका स्थानियलाई सरकार घरघरमा आएको अनुभूति दिलाउन यहाँको बिकाश अपरिहार्य हो ।
प्याराग्लाइडिङको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले देवीकोटको बिकाशले समग्र देशकै बिकाश हुने बताए । बिकट बस्तिका गरिब जनताको जिवनस्तर उकास्न पर्यटकिय क्षेत्रले प्रमुख भुमिका खेल्ने बताउँदै उनले त्यसको लागि बस्तिकै बिकाशमा ध्यान दिन आबस्यक रहेको बताए ।
पर्यटकहरुलाई मध्यनजर गरि देवीकोटमा सुबिधा सम्पन्न रिडी एग्रो रिसोर्टको सिलन्यास गरिएको छ । करिब ५ करोड लागतमा ६ महिना भित्रै सञ्चालनमा ल्याउने गरि रिसोर्टको काम भईरहेको ग्रुपका अध्यक्ष मान बहादुर बुढा मगरले बताए ।
रमणिय बिशेषता सँगै धार्मिक महत्व पनि बोकेको देविकोटमा प्याराग्लाइडिङ र रिसोर्टले यहाका स्थानियहरुको जीवन स्तर उकास्नमा भुमिका खेल्ने बिश्वास गरिएको छ । पर्यटकहरुको सँख्या बढ्ने र यही उत्पादित खाद्य बस्तुको प्रयोगले स्थानियको जिवनस्तर उकासिनेमा आफू बिश्वस्त रहेको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले बताए ।
यहाँको प्याराग्लाइडिङ र रिसोर्ट यहीका बासिन्दासँग जोडिएको छ । पर्यटकहरु बढ्नेछन । यही क्षेत्रको अर्गानिक खाद्य बस्तुहरु प्रयोगमा आउनेछन अध्यक्ष बिष्टले भने-जसले गर्दा यहाका नागरिकहरुको जीवन स्तर उकासिने छ तसर्थ सबैको साथ आबस्यक छ । बिगतका कुरा छोडेर अहिले देविकोट सबै प्रकारले बिकाश उन्मुख छ । बाटोघाटो, सँचार, बिद्युत, खानेपानी, स्वास्थ्य, शिक्षा ईत्याधी कुरामा भरिपुर्ण छ । देवकोटले मुहार फेर्दैछ । अझै धेरै बिकाश हुन बाँकि नै छ ।
पहिलेको देविकोट भन्दा अहिलेको देविकोट धेरै भिन्नता रहेको स्थानिय महता केसीले बताईन । बिगतका कुरा सम्झिदै केसीले भनिन देविकोटले यति चाँडै मुहार फेर्ला भन्ने बिश्वास थिएन तर हेर्दाहेर्दै यस्तो भयो । प्यारा ग्लाइडिङ र रिसोर्टले उनी मात्र हैन त्यस क्षेत्रका सबै स्थानियहरुमा आशा पलाएको छ ।
पहिले बिरामी हुँदा डोकोमा बोकेर देउखुरी झरेको त्यहाका स्थानिय अझै सम्झिन्छन । तर अहिले यस क्षेत्रमा दैनिक जसो गाडी मोटर हरु आवात जावत गर्दा साँचिकै देविकोटले मुहार फेरिसक्यो जस्तो लाग्छ स्थानिय केसीले भने ।
लुम्बिनी प्रदेशको राजधानी अन्तरगत पर्ने देवीकोटको धुलाम्य बाटोलाई ब्यबस्थित गर्न सके ‘देविकोट’ अझै रमणिय हुने बिश्वास गरिएको छ ।

