
pku
Srbpu
Lnp
Rgp
Unsku
Sgr
Rgp1
Pbu
Ggp

Sbs
Rgu
nsb
Vor
Bbbpu
Bbu
Ssm
Rsb
Ggd
Rgu
Wsp
Sls
Hal
Pvg
Asm
Ksm
Rgs
Tsm
Gst

Jmb
Gsb
Jmb
Rpp
Ptm
Syp
Mks
Pls
Abd
bbt
Bml
sab
Rmb
दाङ । गढवा गाउँपालिकाद्वारा कृषक लाई अनुदानमा दिएको पावरटिलर, मिनिटिलर र रिपर संञ्चालन तथा मर्मत सम्भार सम्बन्धि १ दिने स्थलगत तालिम दिईएको छ ।
गढवा गाउँपालिका कृषि विकास शाखाको आयोजनामा वडा नम्बर ७ मानपुर बुधबार र वडा नम्बर ५ बाँकी बिहिवार कृषकहरुलाई पावर मिनिटिलर तथा रिपर मर्मत सम्बन्धि तालिम दिएको हो। तालिम पश्चात् पावरटिलर,मिनिटिलर र रिपर मर्मत कृषकहरुले स्वयम्ले गर्ने अपेक्षा गरिएको छ।
पालिका भित्र रहेका पावरटिलर, मिनिटिलर र रिपर संञ्चालक कृषकहरुलाई आत्मनिर्भर बनाउन संञ्चालन तथा मर्मत सम्भार तालिम दिने योजना बनाएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको जानकारी दिनुभयो । कृषिको आधुनिकरणका लागि विभिन्न समयमा कृषकलाई प्रदान गरिएका पावरटिलर,मिनिटिलर र रिपर लगायतका सामाग्रीहरु सामान्य ज्ञान पनि नहुँदा कृषकलाई समस्या हुँदै आएकोले त्यो समस्यालाई समाधानका लागि तालिम दिन थालेको अध्यक्ष पोख्रेलले बताउनु भयो । पालिकाले किसानलाई उन्नत प्रविधिबाट खेती प्रणाली गर्न,उत्पादन बृद्धि गर्न र कम समयमा परिश्रमबाट खेतीपाती गर्नका लागि कृषि मेशिनरी औजार उपकरणहरु प्रदान गरिदै आएको अध्यक्ष पोख्रेलले जानकारी दिनु भयो ।
त्यस्तै सरकारी निकायबाट विभिन्न समयमा कृषकलाई आवश्यक पर्ने सामाग्रीहरु प्रदान गरे पनि सामान्य मर्मत नहुँदा कतिपय कृषकले ती सामाग्री यत्तिकै फाल्ने गरेको पनि पाइन्छ । कतिपय कृषकहरुले गाउँगाउँमा बिग्रीएर मर्मतको लागि गढवा बजार लमही लगायतका ठाउँमा लैजानुपर्ने अवस्था रहेको थियो । यही समस्यालाई समाधान गर्न पालिकाका कृषकहरु लाई मर्मत सम्बन्धी तालिम प्रदान गरिएको गढवा गाउँपालिका कृषि विकास शाखाआ प्रमुख कर्ताराम यादवले जानकारी दिनुभयो।
कृषि विकास शाखाले पालिकाका कृषकहरुलाई सार्वजनिक सूचना निकालेर सहभागिका लागि अनुरोध पश्चात् तालिमको आयोजना गरेको कृषि विकास शाखाका प्राविधिक फुलनदेवी चौधरीले जानकारी दिनु भयो । सूचनाको आधारमा प्राप्त नामको आधारमा कृषकहरु छनोट गरेर गाउँपालिकाले पावर,मिनिटिलर तथा रिपर संञ्चालन तथा मर्मत सम्भार सम्बन्धी दिन थालेको प्राविधिक चौधरीको भनाई छ।
सामान्य समस्या पर्दा समेत मेकानिक बोलाउनु पर्ने अवस्था थियो तर तालिम पश्चात् त्यस्ता सामान्य समस्याबाट छुटकारा पाएको गढवा-७ झारबैराका कृषक दान बहादुर चौधरीले जानकारी दिनु भयो। पहिले थोरै समस्या हुँदा लमहीबाट मिस्त्री बोलाउनु पर्थ्यो स साना समस्या भए पनि पाँच सय, हजुर रूपैया दिनु पर्यो तर यस तालिम लिएपछी धेरै कुराहरु सिक्यौ अब सामान्य समस्या आए घरमै खोलेर बनाउने भयौ कृषक चौधरीले बताउनुभयो।
त्यसैगरी तालिमबाट सिप सिकेपछि अब घरमै मर्मत गर्नसक्ने गढवा गाउँपालिका वडा नम्बर – ६ का कृषक देवराज यादवले जानकारी दिनु भयो। कृषिको आधुनिकीकरणसँगै गाउँमा कृषकहरुले गोरु पाल्न समेत छोडी सकेका छन् ।
