
Ggp
Rgp
Lnp
pku
Rgp1
Sgr
Srbpu
Pbu
Unsku

Ksm
Rgs
Bbu
Ggd
Pvg
Gst
Rsb
Rgu
Vor
Sbs
nsb
Tsm
Wsp
Ssm
Rgu
Asm
Bbbpu
Hal
Sls

Jmb
Rmb
Bml
bbt
Mks
Rpp
Pls
Ptm
Syp
sab
Gsb
Abd
Jmb
दाङ । राप्ती गाउँपालिका वडा नं.४ माैरीघाटमा गरिबी निवारणको लागि लघु उद्यम विकास (मेड्पा) कार्यक्रम सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
राप्ती गाउँपालिका उद्यम विकास शाखाको आयोजनामा वडाका सरोकारवाला नागरिकहरुलाई कार्यक्रमबारे जानकारी दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।
राप्ती गाउँपालिका वडा नं.४ का वडा अध्यक्ष बीर बहादुर चाैधरीकाे अध्यक्षता तथा गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।
उक्त कार्यक्रममा बाेल्दै उपाध्यक्ष चाैधरीले उद्यमशिलताको तालिम स्थानीय तहमा रोजगारी सिर्जना गरी लघु उद्यमीहरुको विकास गर्ने कुरामा केन्द्रित रहेको बताउनुभयो ।
गरिबी निवारणको लागि लघु उद्यम विकास (मेड्पा) कार्यक्रम अन्तर्गत लक्षित समूहको चाहना तथा माग, बजार सम्भावना तथा स्थानीय श्रोतको उपलब्धताको आधारमा उद्यमशिलताको विकास गरिने उद्यम विकास शाखाकी प्रमुख बीनिता चाैधरीले बताउनुभयो ।
वडाका सरोकारवाला नागरिकहरुकाे सहभागीता रहेको कार्यक्रममा गाउँपालिकाका प्रशासन प्रमुख विकास ज्ञवाली ,समाजसेवी हुकुम बहादुर बस्नेत लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियाे भने कार्यक्रमकाे सहजीकरण लघु उद्यम विकास शाखाकी प्रमुख बीनिता चाैधरी र सहजकर्ता अमिता चाैधरीले गर्नु भएको थियो ।
