
Rgp
Srbpu
Ggp
Sgr
Lnp
pku
Unsku
Rgp1
Pbu

Ssm
Asm
Rgs
Ksm
Pvg
Rgu
Sls
Bbbpu
Sbs
Hal
Rsb
Wsp
nsb
Vor
Gst
Ggd
Tsm
Rgu
Bbu

Jmb
Ptm
Bml
sab
Jmb
Abd
Pls
Rmb
bbt
Rpp
Gsb
Mks
Syp
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नं.९ तल्लो घाेसखाेलामा रहेको बाल प्रगति प्राथमिक विद्यालयकाे नव निर्मित ४ काेठे पक्की भवनको मंगलबार उद्घाटन गरिएको छ।
भवनको लुम्बिनी प्रदेश सरकारका संसद एवम् पूर्व भाैतिक तथा पूर्वाधार मन्त्री इन्द्रजित थारु र राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गर्नु भएको हाे।
उक्त उद्वाटन कार्यक्रममा बाेल्दै संसद थारुले आधुनिक समाजको बलियो जग बसाल्न शिक्षाको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो । सबै नागरिकहरु शिक्षित भए मात्रै देश समृद्धि र समुन्नत हुने बताउदै संसद थारुले संविधानमा उल्लेखित माध्यमिक तहसम्मकाे शिक्षा पूर्ण रुपमा नि:शुल्क हुन आवश्यक रहेको बताउनुभयो । यस्तै उहाँले राजतन्त्रकाे पालामा र गणतन्त्र आइसकेपछिकाे शिक्षाको अवस्थाको बारेमा चर्चा गर्दै गणतन्त्र आए पछि भएका हरेक परिवर्तनलाई आत्मसात गर्नु पर्ने बताउनुभयो।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शैक्षिक गुणस्तर कायम गर्न भाैतिक पूर्वाधारकाे समेत ठुलो भूमिका हुने बताउनुभयो । अध्यक्ष विष्टले संविधानमा उल्लेख भए बमाेजिम पालिकाले माध्यमिक तह कक्षा १० सम्म पूर्णरूपमा नि:शुल्क शिक्षा लागू गरेको बताउदै शिक्षा नि:शुल्क मात्रै नभएर गुणस्तरीय र व्यावहारिक पनि हुनु पर्ने कुरामा जाेड दिनु भयो ।
विद्यालय भवन राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा करिब ३६ लाख लागतमा निर्माण सम्पन्न भएको हाे। कक्षा ४ सम्म पढाइ सञ्चालन भएको उक्त विद्यालयमा एक कार्यालय सहयोगी सहित ४ शिक्षकहरु कार्यरत रहेका छन् भने ७५ जना विद्यार्थीहरुले अध्यनरत रहेका छन्।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु बहादुर कवर याेगीकाे अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका संसद इन्द्रजित थारुकाे प्रमुख आतिथ्यता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टकाे विशिष्ट आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा वडा नं.२ का वडा अध्यक्ष तथा पालिकाका प्रवक्ता पहलवान चाैधरी,वडा नं.१ का वडा अध्यक्ष गेम बहादुर खड्का ,वडा नं.५ का वडा अध्यक्ष देव प्रसाद चाैधरी,वडा नं.८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ ,वडा नं.९ का वडा अध्यक्ष रिम बहादुर सुनारी मगर ,पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली,शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विक लगायत स्थानीय अभिभावक तथा विद्यार्थीहरुकाे सहभागीता रहेको थियो ।
विद्यालयकी शिक्षिका सरिता भट्टराईको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानाध्यापक गाेविन्द चाैधरीले गर्नु भएको थियोे ।
