
Lnp
Sgr
pku
Rgp
Ggp
Rgp1
Unsku
Srbpu
Pbu

Ggd
Rgu
Bbbpu
Sls
Ksm
Gst
Wsp
Tsm
Vor
Rgs
Sbs
nsb
Rsb
Asm
Pvg
Bbu
Ssm
Rgu
Hal

Pls
Syp
Rpp
bbt
Jmb
Gsb
sab
Bml
Mks
Abd
Rmb
Jmb
Ptm
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले पालिका क्षेत्र भित्र रहेका कुकुरहरुकाे स्थायी बन्ध्याकरण गर्न सुरु गरेको छ।
पालिकाले पालिका क्षेत्रमा सामुदायिक (छाडा) कुकुरको संख्या बढि भइ किसानहरुकाे पशुचाैपायलाई समेत क्षति पु¥याउन थालेपछि शिविर नै सञ्चालन गरेर बन्ध्याकरण गर्न लागेको हाे।
गाउँपालिकाले भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङ सँगकाे सहकार्य एवम् हिमालयन एनिमल रेस्क्यू कोष (पोखरा)को प्राविधिक सहयोगमा वडा नं.४ काे गाेपीनाला स्थित पशु उपचार केन्द्रमा बन्ध्याकरण तथा रेविज खाेप शिविर सञ्चालन गरेको छ।
यसैबीच बन्ध्याकरण शिविरकाे साेमबार उद्घाटन गरिएको छ । राप्ती गाउँपालिका वडा नं.४ का वडा अध्यक्ष वीर बहादुर चाैधरीकाे अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता एवम् लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव याम नारायण देवकोटाकाे विशिष्ट आतिथ्यतामा शिविर उद्घाटन गरिएको हाे।
उद्घाटन कार्यक्रममा बाेल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले पशुपंक्षीहरु मध्ये कुकुर मानिसको सबै भन्दा नजिककाे साथी भएकाे र घर लगायत अन्य काममा समेत सुरक्षा प्रदान गर्ने भएकाले पालिकाले उन्मुलन नभई व्यवस्थित गर्न लागेको बताउनुभयो ।
त्यस्तै उहाँले सामुदायिक (छाडा)कुकुरहरुलाई समयमै व्यवस्थित नगर्ने हाे भने किसानहरुकाे पशुचाैपायलाई क्षति पु¥याउनुकाे साथै संघातीक राेग रेविज फैलन सक्ने तर्फ समेत सचेत गराउनु भयो ।
“गत वर्ष नै यस खालको कार्यक्रम गर्ने याेजना बनाएका थियौं तर बजेट अभावले गर्न सकिएन ।” – अध्यक्ष विष्टले भन्नुभयो,”यस वर्ष निति तथा कार्यक्रममा नै राखेर याे कार्यक्रम गरेका छाैं।”
लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव याम नारायण देवकोटाले व्यक्तिले घरमा पालेको कुकुरहरुलाई बेलाबेलामा रेविज विरुद्धको भ्याक्सिन लगाउने गरे तापनि सामुदायिक (छाडा) कुकुरहरू उपचार गर्ने भ्याक्सिनेसन गर्ने काम राज्यको भएको बताउनुभयो । पशु चिकित्सक प्रतिमा विष्टले सामुदायिक कुकुरको संख्यामा कमी ल्याउन र रेबिजको प्रकोप न्यूनीकरण गर्नका लागि बन्ध्याकरण तथा रेविज खाेप शिविरले ठुलो सहयोग पुग्ने बताउनुभयो ।
त्यस्तै कार्यक्रममा राप्ती गाउँपालिका वडा नं.२ का वडाध्यक्ष तथा पालिकाका प्रवक्ता पहलवान चाैधरी,पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली,वडा सदस्यहरू राेशन चाैधरी,चम्फा पुन ,हिमालयन एनिमल रेस्क्यू कोष (पोखरा)का प्रमुख खगेश्वर शर्मा ,पशु उपचार केन्द्र गाेपीनालाका प्रमुख कमल पुन मगर लगायत स्थानीयहरुकाे सहभागीता रहेको थियो ।
पालिकाका पशु शाखा प्रमुख जिवराज पाैडेलले स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमकाे सहजीकरण पशु शाखाका अधिकृत दामोदर आचार्यले गर्नु भएको थियो । शिविरमा टोल–टोलमा पुगेर कुकुरलाई नियन्त्रणमा लिई शिविर स्थलमा ल्याई बन्ध्याकरण र उपचार गर्ने गरिएको छ।
बनध्याकरण गरिएका कुकुरहरुलाई बन्ध्याकरण गरी नियन्त्रणमा लिएकै स्थानमा लगेर छोड्ने गरिएको छ । शिविर आगामी मंसिर १६ गते सम्म सञ्चालन हुने बताइएको छ।
