
Usbl-7
Gsbg-3
ksbl-7
Gsbr-6
Msbg-2
Jsbg-7
Pbu
Csbg-7
Jsbr-3
Rksr-7


जनकपुरधाम । आज जनमत पार्टीले रंगभेद विरुद्धको एकता दिवस मनाउँदैछ ।
पार्टीको संगठन रहेको तराई मधेसको २३ वटा जिल्लामा रंगभेदविरुद्धको दिवस मनाउने कार्यक्रम रहेको जनमत पार्टीका सविच बीपी साहले जानकारी दिएका छन् । २०७१ मंसिर १० गते काठमाडौंको सुन्धारामा राज्यबाटै मधेसी,थारु, आदिवासी र जनजातीसँग रंगको आधारमा विभेद हुँदै आएको दाबी गर्दै तत्कालिन स्वतन्त्र मधेस गठबन्धनका संयोजक तथा वर्तमान जनमत पार्टीका अध्यक्ष डा.सिके राउतको नेतृत्वमा विशाल सभामा गरेको थियो । सोही क्रममा रंगकै आधारमा नेपाल प्रहरीले ४ सय ६५ जनालाई गिरफ्तार गरेको थियो । त्यही बेलादेखि स्वतन्त्र मधेस गठबन्धन र हाल जनमत पार्टीले यो दिवसलाई हरेक वर्ष मंसिर १० गतेको दिनमा मनाउँदै आएको छ ।
त्यस्तै रंगभेद अन्त्य गर्न र राष्ट्रिय एकता तथा सद्भाव कायम गर्न रंगभेदविरूद्ध एकता दिवस मनाउँन प्रतिनिधि सभामा जनमत पार्टीका अध्यक्ष डा. राउतले संकल्प प्रस्ताव पनि दर्ता गराका छन् । उनले संसद सचिवालयमा गत बिहिबार रंगभेदविरुद्धको एकता दिवस मनाउन र रंगभेद नगर्ने राष्ट्रिय संकल्प पनि लिन आवश्यक रहेको भन्दै संकल्प प्रस्ताव दर्ता गराएका हुन् । प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७९ बमोजिम उनले संकल्प प्रस्ताव दर्ता गराएका थिए ।
