आलोक भावुक/गढवा शुक्रबार, मंसिर ०८, २०८०

दाङ । पश्चिम राप्ती नदी तत्बन्धन अन्तरगत गढवा ३ रतनपुरघाट गोबरडिहा र खैरा क्षेत्रमा नदीको बहाव क्षेत्रको तटबन्धन गर्ने सिमाना सच्याउन संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ।

जनताको तटबन्ध कार्यक्रम लमही सिनियर डिभिजनल इन्जिनियर रमानन्द दासको अध्यक्षतामा बसेको बैठकले पश्चिम राप्ती नदी तत्बन्धन अन्तरगत गढवा गाउँपालिका वडा नम्बर ३ रतनपुर गोबरडिहा र खैरा क्षेत्रमा नदीको बहाव क्षेत्र ६ सय ५० देखि ७ सय मिटर सम्म हुनु पर्नेमा १ हजार १ सय देखि १ हजार २ सय सम्म प्राबिधिकहरुको लापरवाहीका कारण हुन गएको भन्दै जनताको तर्फबाट सच्याउन संघ सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारु, गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेल, गढवा गाउँपालिका ३ नम्बर वडाध्यक्ष तुल्सीराम अधिकारी, वडा सदस्यहरु आशाराम चौधरी, विमल चौधरी, त्यसैगरी कार्यापालिका सदस्य चन्द्रा केसी, पत्रकार, र स्थानीयहरुको उपस्थितिमा प्राविधिक त्रुटीका कारण बहाव क्षेत्र अत्यधिक भएको भन्दै सच्याउन अनुरोध गर्ने निर्णय गरिएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो ।

साथै बैठकले राप्ती नदीको बहाव क्षेत्र प्रगन्न पडकापथ बाट निर्मित पश्चिम राप्तीको दाँया किनारको तटबन्ध बाट ६ सय मिटर देखी ६ सय ५० मिटर कायम गरी तटबन्ध निर्माण गर्न दिने र हाल नापजाँच गरिएको ठाउँमा तटबन्धको काम गर्न नदिने स्थानीयबासी,प्रदेश तथा स्थानीय जनप्रतिनिधिहरु सर्बसम्मत रुपमा असहमत रहेको निष्कर्ष निकाल्दै र सोही बमोजिम सम्बन्धीत निकाय र एडिबीलाई जानकारी गराउने निर्णय भएको स्रोतले बताएको छ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]