
pku
Rgp1
Rgp
Pbu
Sgr
Srbpu
Ggp
Lnp
Unsku

Ggd
Sbs
Gst
Rgu
Sls
Rgu
Hal
Bbbpu
Bbu
Pvg
Tsm
Rgs
Ksm
Rsb
Vor
nsb
Asm
Wsp
Ssm

sab
Mks
Jmb
Pls
Ptm
Abd
Gsb
Jmb
Rpp
Syp
Bml
Rmb
bbt
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङ्ग निवासी मृगौला पीडीत पुस्ते विकले उपचारमा सहयोग गरि आफ्नो जीवन बचाई दिनको लागि सम्पूर्णमा हार्दिक अपिल गरेका छन्।
विगत ३ महिनादेखि मृगौला फेल भएर बुटवल स्थित गाैतम बुद्ध सामुदायिक मुटु अस्पतालमा नियमित रुपमा डायलाइसिस गराउदै आएका विकले उपचार गर्ने रकम नभए पछि सहयोगको अपिल गरेका हुन् । दुवै मृगौला फेल भएर पीडित बनेका ४१ बर्षीय पुस्ते विक अहिले जीवन मरणको दोसादमा बाँचिरहेका छन् ।
मृगौलाले काम गर्न छोडेको थाहा पाएसँगै राम्रो खाने, लाउने उनको सपना माथी अहिले रोग पहाड बनेर उभिएको छ । तर उनलाई नयाँ जीवन पाउने आशा पनि त्यत्तिकै रहेको छ । “म बाच्न चाहान्छु।मलाई सबैले आर्थिक सहयोग गरेर बचाउनु हाेस्।”- भावुक हुदै उनले भने- “जस्ले जे जति सक्नु हुन्छ । सहयोग गर्नुहाेस्।”उपचारका क्रममा भए भरकाे सबै सम्पत्ति सकिए पछि अहिले आर्थिक अभावका कारण उनले सबैसँग आर्थीक सहयोगको अपिल गरेका हुन् ।
त्यस्तै उनले केही वर्ष पहिले आँखाको दृष्टि समेत गुमाएका छन्। ज्याला मजदुरीमा अरुकाे काम गर्दै आइरहेका विक दुबै मृगौला सँगै आँखाको दृष्टि समेत गुमे पछि उनको परिवारमा अहिले ठुलै संकट आइपरेको छ। “अरुकाे काम गरेर खाने मान्छे, कमाउने घर मुली नै थला परे पछि अब कसरी उपचार गर्ने हाे।साझ बिहान के खाने हाे।”- उनकी श्रीमती प्रेमला विकले भनिन् -“निकै चिन्ता लाग्छ।”
उनको परिवारमा तीन जना सदस्य रहेका छन्।ती मध्ये छाेरा भिमकान्त विक बाबु बिरामी भए पछि सानै उमेरमा पढाइ छाेढेर स्थानीय स्तरमा चल्ने गाढीकाे सहयोगीकाे काम गर्ने गरेका छन्। मृगौला पीडीत विकले अहिले हप्तामा दुई पटक डायलाइसिस गर्दै आएका छन् । डाईलाइसिसको एक पटकमा करिव ६ हजार खर्च लाग्ने भएकाले आफुसँग तत्काल उपचार गर्न समेत समस्या भएको बताएका छन्। बुटवल स्थित गाैतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचार गरिरहेका विकको आर्थिक अवस्था निकै कमजोर भएकाले थप उपचारका लागि आर्थिक समस्या भएको हो ।
यस्तै उनलाई सहयोग गर्न सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेडमा उनको नाममा रहेको खाता नम्बर ०१८१०५००३५४६६३०००००१ मा सहयोग रकम जम्मा सकिने बताइएको छ।त्यस्तै उनकि श्रीमती प्रेमला विकको माेबाइल नम्बर ९८६७४६७२०३मा फोन गरेर पनि सहयोग गर्न सकिने उनले बताएका छन्।
यता राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले अवश्यक कागजात लिएर आए पालिकाकाे नियम अनुसार आर्थिक सहयोग गरिने बताउनु भयो । साथै उहाँले राज्यबाट विपन्न मृगौला पीडीत बिरामीले नि:शुल्क रुपमा पाउने सेवा सुविधाको लागि पालिकाले सिफारिस समेत गर्ने बताउनु भयो ।
