
Gsbg-3
Jsbr-3
ksbl-7
Gsbr-6
Usbl-7
Msbg-2
Jsbg-7
Pbu
Csbg-7
Rksr-7


काठमाडौं । काठमाडौं स्थित बल्खुमा प्रदर्शनरत दुर्गा प्रसाईंको समूह र प्रहरीबीच झडप भएको छ ।
बल्खु चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेर अश्रुग्यास र पानीको फोहोरा हानेको छ । प्रहरी बल प्रयोग गरेपछि प्रदर्शनकारीले प्रहरीतर्फ इँट्टा र ढुंगा हानेका छन् ।
त्यस्तै प्रदर्शनस्थलमा दुर्गा प्रसाईंले सम्बोधन गरेपछि एक व्यक्तिले मञ्चबाटै निषेधित क्षेत्र तोडेर त्रिपुरेश्वरतर्फ जाने घोषणा गरेका थिए । त्यसपछि प्रदर्शनकारीको समूह बल्खुचोकबाट कालीमाटी हुँदै त्रिपुरेश्वर आउने सडकतर्फ अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।
