
pku
Pbu
Rgp1
Srbpu
Sgr
Lnp
Ggp
Unsku
Rgp

Pvg
Bbu
Sls
nsb
Ggd
Wsp
Rgu
Vor
Ksm
Asm
Bbbpu
Tsm
Ssm
Rgs
Rsb
Hal
Gst
Sbs
Rgu

Mks
Bml
Rmb
Gsb
Abd
Ptm
Syp
Jmb
Rpp
sab
Jmb
Pls
bbt
दाङ । देउखुरी उद्योग बाणिज्य संघले गढवा उद्योग बाणिज्य संघका नव निर्वाचित पदाधिकारीलाई मंगलबार एक कार्यक्रमको बीचमा स्वागत तथा बधाई दिएको छ ।
देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमल जंग सिंह ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा गढवा उद्योग बाणिज्य संघको चौथो अधिवेशनबाट सर्वसम्मत निर्वाचित हुनुभएका अध्यक्ष ओमप्रकाश बस्याल लगायतका पदाधिकारीलाई स्वागत तथा सफल कार्यकालको लागि बधाई दिइएको हो ।
त्यस्तै उक्त स्वागत तथा बधाई कार्यक्रममा अध्यक्ष ठकुरीले देउखुरी क्षेत्रका ४ वटा उद्योग बाणिज्य संघहरु मिलेर हातेमालो गर्दै स्थानीय सरकार,प्रदेश र संघ सरकारसंग समन्वय गर्दै व्यवसायीको हकहितका लागि पैरवी गर्ने र सबै व्यवसायीहरुलाई व्यवसायी सम्बन्धि तालिमको व्यवस्थापन गरेर तालिम प्रदान गर्ने बताउनु भयो।
यसैगरी गढवा उद्योग बाणिज्य संघका नव निर्वाचित अध्यक्ष ओमप्रकाश बस्यालले देउखुरी उद्योग बाणिज्य संघसंग समन्वय गरेर अघि बढ्ने बताउनु भएको छ । अध्यक्ष बस्यालले आफू लगायत आफ्नो टिमलाई देउखुरी उद्योग बाणिज्य संघले दिएको स्वागत तथा बधाई प्रति हार्दिक धन्यवाद दिनु भयो ।
