
Ggp
Unsku
Pbu
Rgp1
Srbpu
pku
Lnp
Sgr
Rgp

Sbs
Ssm
Hal
Sls
Ksm
nsb
Rgu
Rsb
Wsp
Rgs
Bbu
Ggd
Vor
Pvg
Rgu
Asm
Tsm
Bbbpu
Gst

Bml
Jmb
Mks
Rmb
Jmb
Gsb
Ptm
bbt
Rpp
sab
Syp
Abd
Pls
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवा गाउँमा रमाइलो साँस्कृतिक कार्यक्रम तथा चौथी मेला आइतबार सम्पन्न भएको छ ।
स्मृति युवा तथा बाल क्लबका अध्यक्ष खिम बहादुर घर्तीको अध्यक्षता तथा राजपुर गाउँलालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा अध्यक्ष बुढाथोकीले राजपुर गाउँपालिका भित्र संचालन हुने हरेक साँस्कृतिक कार्यक्रमलाई आगामी दिनमा व्यवस्थित बनाएर संचालन गर्ने बताउनु भएको छ ।
त्यस्तै उहाँले आफ्नो संस्कृतिलाई जोगाउनका लागि प्रत्येक निकाय आ-आफ्नो क्षेत्रबाट लागि पर्नुपर्नेमा जोड दिनु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष बुढाथोकीले आगामी दिनमा कार्यक्रमका लागि राजपुर गाउँपालिकाबाट हुने
सक्दो सहयोग गर्ने बताउनु भयो ।
मेला व्यवस्थापन समितिका अध्यक्ष प्रकाश केसीको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष रामप्रसाद अहिर,सोही वडाका सदस्य मायावती यादवले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
रमाइलो कार्यक्रममा विभिन्न नृत्य प्रतियोगिताहरु र खुला प्रस्तुतिहरु राखिएको कार्यक्रमको संचालन क्लबका सल्लाहकार शेरबहादुर घर्ती ( बिष्णु )ले गर्नु भएको थियो ।

