Sidha Patra शुक्रबार, मंसिर ०१, २०८०

काठमाडौँ । नेपाल एमाले जनसंगठन समन्वय संयन्त्रको बैठक शनिवार बस्ने भएको छ ।

शनिवार दिउँसो पार्टी कार्यालय च्यासलमा बस्ने बैठकमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको संयन्त्रका प्रमुख भानुभक्त ढकालले जानकारी दिए ।

त्यस्तै उनका अनुसार बैठकमा तीनवटा एजेन्डामा छलफल हुनेछ । ‘संयन्त्रको पूर्वनिर्धारित बैठक मङ्सिर २ गते शनिवार बस्न लागेको हो’, प्रमुख ढकालले भने, ‘बैठकमा पछिल्लो राजनीतिक गतिविधिका बारेमा अध्यक्ष र महासचिवले धारणा राखेपछि भूकम्पपछि खटिएका स्वयंसेवक, मध्यपहाडी पुष्पलाल लोकमार्ग यात्रा र युवासंघको आयोजनामा हुने मङ्सिर ७ गतेको कार्यक्रमबारे छलफलको एजेन्डा तय भएको ढकालले जानकारी दिए ।’

एमाले निकट राष्ट्रिय युवा संघले आगामी मङ्सिर ७ गते भ्रष्टाचार, महँगी, अनियमितता तथा राज्यको अराजकताविरुद्ध काठमाडौँमा जनप्रदर्शन गर्दैछ भने सोही दिन मेडिकल व्यवसायी दुर्गा प्रसाईँले पनि सोही दिन कार्यक्रम राखेका छन् । त्यस्तै एमाले जनसंगठनले पश्चिमको भूकम्प प्रभावित जिल्लामा एक हजार स्वयंसेवक खटाएर अस्थायी आवास निर्माण गर्न निर्णय यसअघि नै गरिसकेको छ ।
त्यसमध्ये जिफन्ट मातहतका एक सय स्वयंसेवक जाजरकोट पुगेर मङ्सिर १ बाट काम थालिसकेका छन् ।

त्यस्तै एमालेले आगामी मङ्सिर १४ बाट सुरु गर्ने पुष्पलाल लोकमार्गको झुलाघाट– चिवा भञ्जयाङ यात्राका बारेमा समेत जनसंगठनको उपस्थितिका बारेमा संयन्त्रको बैठकमा छलफल हुनेछ । यसअघि संयन्त्रको बैठक गत असार महिनामा बसेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]