
Unsku
Pbu
Lnp
Rgp1
Srbpu
Ggp
pku
Rgp
Sgr

Bbu
Rgu
Gst
nsb
Ksm
Ggd
Rgs
Tsm
Hal
Ssm
Rsb
Pvg
Sls
Asm
Vor
Rgu
Bbbpu
Sbs
Wsp

Pls
Gsb
bbt
Syp
Rpp
Abd
Mks
Jmb
Bml
Rmb
sab
Jmb
Ptm
दाङ । जाजरकोट र पश्चिम रुकुमका भुकम्प पीडितलाई लमही नगरपालिकाले तीन लाख रुपैया राहत स्वरुप उपलब्ध गराउने भएको छ ।
लमही नगरपालिकाको आज बिहिबार बसेको नगर कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको नगरपालिकाका प्रवक्ता मोहन गिरीले जानकारी दिनु भयो ।
त्यस्तै आज बसेको कार्यपालिका बैठकले नगरपालिकामा कार्यरत करार कर्मचारीहरुको तीन महिना म्याद थप गर्ने निर्णय गरेको छ । बैठकले काम सम्पन्न नभएको भन्दै लमही नगरपालिका-८ का वडा अध्यक्ष उमेश कुमार खड्का संयोजक रहेको कर्मचारी व्यवस्थापन समितिको पनि तीन महिना म्याद थपिएको छ ।
नदीजन्य पदार्थको अनुगमनलाई तिब्रता दिने, पारदर्शी गराउने, राजस्व चुहावट रोक्न भन्दै लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगी संयोजक रहने गरि अनुगमन समिति गठन गरिएको प्रवक्ता गिरीले जानकारी दिनु भयो । लमही नगरपालिका-१ का वडा अध्यक्ष दामोदर पौडेल, वडा नम्बर ३ का वडा अध्यक्ष मनोज कुमार चौधरी, वडा नम्बर ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदी र वडा नम्बर ६ का वडा अध्यक्ष श्याम नारायण चौधरी समितिको सदस्य रहनु भएको छ ।
त्यस्तै योजना संसोधन गर्ने,शहरी विकासको योजनाको बारेमा छलफल,घ बर्गको निर्माण व्यवसाय इजाजत पत्र उपलब्ध गराउने, गत आर्थिक वर्षको भुक्तानी गर्न बाँकी रहेका र क्रमागत योजनाको बारेमा पनि काम अगाडी बढ्ने भएको छ । लमही नगरपालिकामा रहेको रिक्त पदको पदपूर्तिको लागि प्रदेश लोकसेवा आयोगमा माग गर्ने भएको छ ।
त्यस्तै एम्बुलेन्स सेवा संचालन तथा व्यवस्थापन कार्यविधि निर्माण गरिने भएको छ र लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई सिफारिस गर्ने विषयमा पनि आज बसेको लमही नगर कार्यपालिका बैठकले निर्णय गरेको बैठक पछि प्रवक्ता गिरीले बताउनु भयो ।
