
Rgp1
Sgr
Unsku
Rgp
pku
Lnp
Pbu
Ggp
Srbpu

Bbu
Tsm
Asm
Wsp
nsb
Ssm
Hal
Rsb
Sbs
Rgu
Pvg
Ggd
Rgu
Vor
Ksm
Gst
Bbbpu
Rgs
Sls

Gsb
bbt
Abd
Rmb
Jmb
Mks
Ptm
Pls
Rpp
Jmb
Bml
Syp
sab
दाङ । देउखुरीमा रहेको निलसागर सेवा आश्रमले लमही नगरपालिका वडा नम्बर २ श्रीगाउँबाट एक जना बेसहारा मानवकाे उद्धार गरेको छ।
लमही निवासी युवा नेता तथा समाजसेवी बसन्तराज शर्माको समन्वय तथा अस्थाई प्रहरी पाेष्ट नर्तीका असई ओम बहादुर पछाईकाे सहयोगमा ७१ वर्षीय रिशमान चाैधरीकाे उद्धार गरिएको हाे । उनलाई उद्धार गरि हाल आश्रमको कार्यालय राप्ती गाउँपालिका -८ पिपरीमा राखिएको आश्रमका कार्यबाहक अध्यक्ष गरिबु चाैधरीले जानकारी दिनुभयो।
निसन्तान तथा घरबारविहीन उनी करिब ४६ बर्ष अघिदेखि कैलाली र बर्दीया जिल्लाका विभिन्न ठाउँमा मजदुरी जीवन बिताइरहेकाे र हाल बुढेसकाल लागेपछि बेसहारा भएकाले उद्धार गरि आश्रममा पठाइएको समाजसेवी शर्माले बताउनु भयो ।
पछिल्लो समय संस्थाबाट काेही पनि मानिसहरू खाना,छाना र नानाबाट बन्चित हुन नपरोस् भनेर बेसहारा तथा सहयाेगापेक्षी सडक मानवकाे उद्धारमा जुटेको छ । आश्रममा अहिले ५ जना महिला सहित २८ जना रहेका छन्।
त्यस्तै उद्धार गरिएका अधिकाशं भारतिय मूलका रहेको आश्रमका कार्यवाहक अध्यक्ष चाैधरीले जानकारी दिनु भएको छ । कही कतै त्यस्ता व्यक्ति देखेकाे खण्डमा तत्काल आफूलाई ९८४७४५८०४४ मा सम्पर्क गरी जानकारी गराउन कार्यवाहक अध्यक्ष चाैधरीले सबैमा अनुरोध समेत गर्नु भएको छ ।
