
Lnp
Rgp1
Sgr
Pbu
Rgp
Unsku
pku
Ggp
Srbpu

Rgu
Ggd
Asm
nsb
Ssm
Pvg
Wsp
Gst
Hal
Vor
Bbbpu
Rgu
Rgs
Sbs
Ksm
Sls
Bbu
Tsm
Rsb

Rpp
Jmb
Syp
sab
Abd
Jmb
Bml
bbt
Rmb
Mks
Pls
Gsb
Ptm
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ काे प्रथम चाैमासिक अवधिक सार्वजनिक सुनुवाइ कार्यक्रम मंगलबार सम्पन्न गरेको छ । गाउँपालिकाकाे वडा नं.४ मा रहेको भिम बगैंचामा कार्यक्रम आयोजना गरिएको थियो ।
राप्ती गाउँपालिका र मातहतका कार्यालयहरूको काम कार्वाही,सेवा प्रवाह,योजना जस्ता सार्वजनिक विषयमा सम्बन्धित सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया गराउने तथा सेवाप्रति सेवा प्रदायकलाई जबाफदेही बनाउने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रमकाे आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो ।
त्यस्तै साे अवसरमा प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीले प्रथम चाैमासिक अवधिमा गाउँपालिकाले गरेका काम र प्रगति प्रस्तुत गर्नुभएको थियाे ।कार्यक्रममा सरोकारवालाहरूले शिक्षा, स्वास्थ्य, कृषि,सडक,सिँचाइ,सरसफाइ, यातायात लगायत विकासका पूर्वाधारहरू, पर्यटकीय क्षेत्रको प्रवर्द्धन,संरक्षण र विकास,पञ्चवर्षीय रणनीतिक योजनाको कार्यान्वयन,शान्ति र सुशासन लगायतका विषयमा प्रश्न तथा सुझाव राखेका थिए ।
प्रदेश सरकारका बारेमा सरोकारवालाहरूले राखेका प्रश्नकाेहरुकाे जवाफ लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुले र स्थानीय तहका बारेमा पालिकाका अध्यक्ष प्रकाश विष्ट,उपाध्यक्ष कमलापती चाैधरी,प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली,वडा अध्यक्षहरु तथा विभिन्न शाखाका शाखा प्रमुखकर्मचारीहरूले जवाफ दिनु भएको थियोे।
उक्त कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, क्रियाशिल राजनीतिक दलका प्रमुख,सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख,क्याम्पस प्रमुख तथा विद्यालयका प्रधानाध्यापक,बैंक तथा वित्तीय संस्थाका प्रमुख,टोल विकास संस्थाका अध्यक्ष, उपभोक्ता समितिका पदाधिकारी,संचारकर्मी लगायत स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
त्यस्तै सार्वजनिक सुनुवाइको सहजीकरण आर.एन.बुलन्द मिडिया प्रा.लि. काठमाडौंका सञ्चालक राजन नेपालले गर्नु भएकोे थियो।
स्थानीय तहमा पारदर्शिता र जबाफदेहिताको औजारको रूपमा हेरिने सार्वजनिक सुनुवाइ कार्यक्रम पालिकाले प्रत्येक चौमासिक रूपमा गर्दै आइरहेको छ।

