
Pbu
Rgp1
pku
Rgp
Sgr
Srbpu
Lnp
Ggp
Unsku

Rgs
Vor
Bbu
nsb
Hal
Gst
Sls
Ggd
Sbs
Rgu
Pvg
Tsm
Wsp
Rsb
Ksm
Bbbpu
Asm
Ssm
Rgu

Rmb
bbt
sab
Ptm
Bml
Jmb
Pls
Mks
Gsb
Abd
Rpp
Syp
Jmb
दाङ । लमही नगरपालिका भित्र प्रारम्भिक वातावरणिय परिक्षण गरेको राप्ती घाटको अनुगमन गरिएको छ ।
लमही नगरपालिका -९ खएर भट्टी, गौताल, रिहार डेरा, पैते, लमही नगरपालिका -८ को धनपुरुवा, गिधिनिया घाट, बनगैं घाट, कस्यपुर घाटमा अनुगमन गरिएको हो । बाकी रहेका स्थानको मंगलबार गरिने भएको छ । अनुगमन टोलीले नगरपालिका भित्र अबैध तरिकाले डम्पिङ गरेर राखेका नदिजन्य पदार्थको पनि अनुगमन गरेको छ ।
आईइ स्वीकृतका लागि राष्ट्रपति चुरे तराई मधेस विकास संरक्षण समितिसंग स्वीकृत लिनका लागि यो अनुगमन गरिएको हो”- जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले भन्नू भयो । यो अनुगमनपछि नगरपालिकाले कागजी प्रक्रिया थाल्छ र जिससले कामको प्रक्रिया अगाडि बढाउछ शर्माले भन्नू भयो ।
त्यस्तै अबैध रुपमा डम्पिङ गरेर राखेको गिट्टी, बालुवाको विषयमा जिसस प्रमुख शर्माले जफत गरि राजस्व लिने साथै चेतावनी स्वरुप जरिवाना गर्नु पर्ने बताउनु भयो । चोरी चकारी रोक्नका लागि जरिवाना तिराउनै पर्छ नत्र रोक्न सकिँदैन शर्माले भन्नू भयो ।
अबैध गिट्टी,ढुङ्गा जफत गर्दा हुने अबरोधमा सुरक्षा प्रदान गर्नका लागि जिल्ला प्रशासन कार्यालय दाङ तयार रहेको प्रमुख जिल्ला अधिकारी रामवन्धु सुवेदीले बताउनु भयो ।
उक्त अनुगमनमा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मा, दाङका प्रमुख जिल्ला अधिकारी रामवन्धु सुवेदी, दाङका प्रहरी प्रमुख राम बहादुर केसी, लमही नगरपालिका प्रमुख जोगराज चौधरी, उपप्रमुख लक्ष्मी योगी, प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र प्रसाद श्रेष्ठ, वडा नम्बर १ का वडा अध्यक्ष दामोदर पौडेल, ३ का वडा अध्यक्ष मनोज कुमार चौधरी, ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदी, इन्जिनियर सौगात वली लगायतको सहभागिता रहेको थियो ।

