तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका बुधबार, कार्तिक १५, २०८०

दाङ । राप्ती गाउँपालिकाले पालिका अन्तर्गतका वडाहरुमा आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन हुने याेजनाहरुकाे प्रभावकारी कार्यान्वयन गर्नका लागि उपभोक्ता समितिका पदाधिकारीहरूलाई अभिमुखिकरण गाेष्ठी मार्फत प्रशिक्षण दिन सुरु गरेको छ।

विकासका कार्यमा उपभोक्ताहरु प्रत्यक्ष सहभागी हुने र उपभोक्ताबाट गरिने कामलाई पारदर्शी ,व्यवस्थित, गुणस्तरीय बनाउन समितिलाई अभिमुखिकरण मार्फत प्रशिक्षण प्रदान गरिएको हाे । पालिकाले बुधबार वडा नं.१,२,३ र ४ का उपभोक्ता समितिका पदाधिकारीहरूलाई गाउँपालिकाको सभा हल मसुरीयामा साे अभिमुखिकरण कार्यक्रम प्रदान गरेको छ।

राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीकाे अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता र उपाध्यक्ष कमलापती चाैधरीकाे विशिष्ट आतिथ्यतामा अभिमुखिकरण मार्फत प्रशिक्षण प्रदान गरिएको हाे।

साे अभिमुखिकरण कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले वडाहरुमा सञ्चालन हुने याेजनाहरु उपभोक्ताबाट गरिने र प्रत्यक्ष सहभागी हुने हुँदा कामलाई पारदर्शी , व्यवस्थित र गुणस्तरीय बनाई समयमै काम सक्नुपर्ने बताउनुभयो ।

आयोजनामा अपनत्व, गुणस्तर र दीगोपना हुने विश्वासले आयोजनाहरुकाे जिम्मेवारी उपभोक्ता समितिहरुलाई दिइएको हाे।”- अध्यक्ष विष्टले भन्नुभयो – “त्यसैले राम्रोसँग समयमै काम सम्पन्न गरे याेजनाकाे ‌औचित्य प्राप्त हुन्छ ।”

गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीले याेजनाहरु कार्यनयन गर्दा उपभोक्ता समितिका पदाधिकारीहरुलाई आई पर्ने हरेक समस्यामा जनप्रतिनिधिहरुको तर्फबाट सदैब साथ सहयोग रहने बताउनुभयो ।

त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले यस वर्ष गाउँपालिकाले कार्य तालिका नै बनाई याेजनाहरु सञ्चालन गर्न लागेको बताउदै समयमै याेजनाहरु सम्पन्न गर्न उपभोक्ता समितिका पदाधिकारीहरूलाई आग्रह गर्नु भयो ।

सहभागीहरुलाई उपभोक्ता समितिको काम कर्तव्य ,अधिकार र योजना सञ्चालन,निर्माण कार्य, रकम भुक्तानी प्रक्रिया लगायतका विषमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली, प्रशासन शाखा प्रमुख विकास ज्ञवाली ,ईन्जिनियर अशोक बेल्वासे लगायतले अभिमुखिकरण प्रदान गर्नु भएको थियो ।

यसै बीच बिहीबार वडा नं.५,६,७ र ८ का उपभोक्ता समितिका पदाधिकारीहरुलाई सिसहनियाँ उद्योग बाणिज्य संघको सभाहल सिसहनियाँमा र शुक्रबार वडा नं.९ का उपभोक्ता समितिका पदाधिकारीहरुलाई वडा कार्यालय रुपाकाेटमा अभिमूखिकरण कार्यक्रम प्रदान गरिने प्रशासन शाखा प्रमुख विकास ज्ञवालीले जानकारी दिनु भएको छ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]