Sidha Patra बिहिबार, कार्तिक ०६, २०७७

सल्यान । सल्यान प्रहरीले कपुरकोट बजार क्षेत्रबाट अवैध मदिरा बरामद गरी नष्ट गरेको छ । प्रहरी चौकी कपुरकोटबाट खटि गएको प्रहरी टोलिले घरेलु मदिरा, मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ र भाँडा बरामद गरेको हो । कपुरकोट बजार क्षेत्रका विभिन्न होटलमा विक्रिका लागि लुकाई छिपाइ राखेको घरेलु मदिरा १ सय ५ लिटर, मदिरा बनाउनका लागि तयार पारिएको कच्चा पदार्थ १ सय ८५ लिटर र मदिरा बनाउने भाँडा ३ सेट बरामद गरिएको प्रहरी चौकी कपुरकोटका इन्चार्ज सई जनक बहादुर भण्डारीले जानकारी दिनुभयो ।

मदिरा बरामदपश्चात एकपटकलाई सचेत गराएर छाडिएको र आगामी दिनमा सोही कार्य दोहो¥याएमा कडा कारबाही गर्ने चेतावनी उहाँले दिनुभयो। बरामद गरिएको मदिरा जनप्रतिनिधि, पत्रकार, उद्योग वाणिज्य संघका प्रतिनिधी, स्थानीय ब्यापारी लगाएतको रोहबरमा कपुरकोट ३ स्थित डम्पीङ साइडमा नष्ट गरिएकोछ । जिल्ला प्रहरी कार्यालय सल्यानले सञ्चालन गरेको अवैध घरेलु मदिरा नियन्त्रण अभियान अन्तर्गत कपुरकोेटबाट घरेलु मदिरा नियन्त्रणमा लिइएको प्रहरी चौकी कपुरकोटले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]