
Pbu
Usbl-7
Gsbr-6
Jsbr-3
Csbg-7
Msbg-2
Rksr-7
Jsbg-7
ksbl-7
Gsbg-3


काठमाडौं । आजबाट नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले दशैं, तिहारलगायत चाडबाडका लागि लक्षित गरेर नयाँ नोट सहटी सुविधा दिएको हो ।
त्यस्तै राष्ट्र बैंकले हरेक वर्ष चाडबाडको समयमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । काठमाडौं उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकहरुका शाखामा नयाँ नोट साट्न पाइनेछ । काठमाडौं उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
यस्तै वाणिज्य बैंकहरुले राष्ट्र बैंकबाट त्यस्ता नोट लिएर सटही सुविधा दिइरहेका छन् । रु. ५, १०, २०, ५० र एक सय दरका नयाँ नोट साट्न पाइनेछ ।
