
Csbg-7
Gsbg-3
Msbg-2
ksbl-7
Rksr-7
Pbu
Jsbr-3
Jsbg-7
Gsbr-6
Usbl-7


कोशी । कोशी प्रदेशको मुुख्यमन्त्रीमा नेपाली काङ्ग्रेसका केदार कार्की नियुक्त हुनु भएको छ । शनिबार आज प्रदेशसभाका ४७ सदस्यको हस्ताक्षर सनाखत गरिएपछि कार्की मुख्यमन्त्रीमा नियुक्त हुनु भएको हो ।
त्यस्तै कार्कीलाई मुख्यमन्त्री पदमा नयुक्त गर्नुअघि नेकपा (एमाले) का ३९ तथा काङ्ग्रेसका आठ प्रदेशसभा सदस्यको हस्ताक्षर सनाखत गरिएको थियो । लगत्तै प्रदेश प्रमुख परशुराम खापुङ्गले कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको थियो । कार्कीलाई नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरिएको हो । मुख्यमन्त्री नियुक्त भएपछि केदार कार्कीले प्रदेश सरकारको गठन, विस्तार र आगामी कार्यक्रम बारे प्रदेश सांसदहरुसंग छलफल गरेर अघि बढ्ने जानकारी दिनु भएको छ । उहाँले अन्य दलहरुलाई पनि सरकारमा सामेल गराउने बारे छलफलमा नै रहेको बताउनु भयो ।
यस्तै कोशी प्रदेश सरकार गठनमा प्रमुख साझेदार दल नेकपा एमालेका कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले अहिलेको सरकारलाई ४ वर्षसम्म टिकाउने गरी आफुहरु अगाडि बढ्ने जानकारी दिनु भएको छ । उहाँले सहमतिको सरकार बनाउने प्रयास समेत हुने र यसबारे छलफल गरिने बताउनु भयो ।
मुख्यमन्त्री पदको शपथ भने आइतबार हुने प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तिपछि तत्कालका लागि मध्यावधीको सम्भावना टरेको छ । दोश्रो प्रदेश सभाको निर्वाचनपछि कोशी प्रदेशमा ४ पटक सरकार परिवर्तन भईसकेको छ ।
