
Ppu
Rsb
Nsb
Ssb
Tgp
Ksb
Gsb
Usb
Rks
Ssb
Ksb
jsb
Bsn
Fmb
Csb
Ksb

Gsb
Ssb
Hl1
Tsb
Usb

Rgu
Nps
ptl
दाङ । गढवा गाउँपालिकाका पुर्व जनप्रतिनिधिको निर्णायक पुस्तिका गायब विषयमा एमाले गढवाद्वारा गम्भीर ध्यानाकर्षण जनाएको छ ।
गढवा गाउँपालिकामा २०७७ अषाढ ९ गतेको कार्यपालिका बैठकको निर्णय पुस्तिका पुर्व जनप्रतिनिधिहरुबाट मिति २०८० असोज १७ का दिन खोजी गर्ने क्रममा गाउँपालिकाबाट गायब गरिएको विषय प्रती नेकपा एमाले पार्टी गढवाले गम्भीर ध्यान आकर्षण जनाएको हो ।
नेकपा एमाले गढवाले जारी गरेको ध्यानाकर्षण पत्र यस प्रकार रहेको छ ।
प्रस्तुत विषयमा गढवा गाउँपालिकाको २०७७ अषाढ ९ को कार्यपालिका बैठकको निर्णय पुस्तिका पुर्व जनप्रतिनिधिहरुबाट मिति २०८० असोज १७ का दिन खोजी गर्ने क्रममा गाउँपालिकाबाट गायब गरिएको विषय प्रती हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षण भएकोछ । कार्यपालिकाको बैठकको महत्वपूर्ण दस्तावेज हराउनु गढवा गा.पा. र कर्मचारी प्रशासनको गम्भीर कमजोरी हो। गढवा गा.पा.-८ कोइलाबासमा २०७६/०७७ मा निर्माण गरेको भ्यूटावरको भेरिएसन गर्ने फर्जी निर्णय गरि पुर्व गा.पा. अध्यक्ष,उपाध्यक्ष, वडा अध्यक्षहरु लगायत कार्यपालिकाका जनप्रतिनिधिहरुलाई फसाउने नियतले काम गरेको हाम्रो पार्टीको ठहर रहेकोछ। स्थानीय सरकारको निर्णय पुस्तिका गायब हुनु ,उक्त निर्णयमा गा.पा. का पुर्व अध्यक्षको दस्तखत नै नभएको निर्णय टाँस गरिनु, भ्यूटावरको विषयमा भेरिएसन नै नभएको निर्णय टाँस गरि प्रमाणित गराउन खोज्नु सिंगो गढवा गा.पा.को चलखेल निन्दनीय भएको ठहर गर्दै तत् बिषयमा गढवा गा.पा.ले यथाशीघ्र छानबिन समिति गठन गरि प्रतिबेदन सार्वजनिक गर्न र गल्ती गर्नेलाई कार्वाहीको दायरामा ल्याउन माग गर्दछौं।
