Sidha Patra मंगलबार, आश्विन १६, २०८०

सुदूरपश्चिम । सुदूरपश्चिमको बझाङमा ६ दशमलव ३ म्याग्निच्युटको भूकम्प गएको छ।

मंगलबार आज दिउँसो ३ बजेर ६ मिनेटमा बझाङको चैनपुर केन्द्रविन्दुआसपास बनाएर ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको छ । बझाङमा विभिन्न क्षेत्रका घरहरू चर्किएको जानकारी आएको छ भने केहि विद्यालयका भवनहरु भत्किाएका छन् ।

यस अघि मंगलबार आजै दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङकै तलकोट केन्द्रविन्दु भएर ५ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको थियो। पटक–पटक परकम्प गइरहेको हुनाले अहिले स्थानीय बासिन्दा घरबाहिर खुला चौरमा बसिरहेका छन् । भूकम्पको धक्का छिमेकी प्रदेश र भारतको दिल्लीसम्म पनि महसुस भएको जनाइएको छ।

त्यस्तै बीबीसी हिन्दीका अनुसार दिल्ली एनसीआर क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ। भूकम्पले बझाङको बाल विकास मावि जयपृथ्वी नगरपालिका वडा नम्बर ४ गोलाइको भवन भत्किएको छ। कुनै मानवीय क्षति भने भएको विवरण प्राप्त भएको छैन्।

यता भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार दिउँसो २ बजेर ४ मिनेटमा ५ दशमल्व ३ म्याग्निटिउडको भूकम्प केन्द्र तलकोट बझाङ हो भने ३ बजेर ६ मिनेटमा ६ दशमलव ३ म्याग्निटिउडको भूकम्पको केन्द्र चैनपुर क्षेत्रमा रहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]