
Lnp
sbs
cjs
Srbpu
pku
Rgp
Djs
Gfs
Rgp1
Sgr
Pes
Ggp
Unsku
Pbu

Ssm
Vor
Tsm
Bbu
Rgs
Bbbpu
Rsb
Pvg
Sls
Hal
Asm
Gst
nsb
Rgu
Rgu
Wsp
Ggd
Ksm
Sbs

Jmb
Jmb
Rmb
Gsb
Rpp
Pls
Syp
sab
Bml
bbt
Abd
Ptm
Mks
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ जेठानगाउँमा रहेको गोबरडिया स्वास्थ्य चौकीमा बिहिवार नि:शुल्क मृगौला तथा अन्य नसर्ने रोग सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन भएको छ।
लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आयोजना तथा गढवा गाउँपालिका गाउँ कार्यपालिकाको समन्वयमा बिहिवार एक दिने निशुल्क मृगौला तथा अन्य नसर्ने रोग सम्बन्धी निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर तथा नसर्ने रोग सम्बन्धी जनचेतना मूलक कार्यक्रम सम्पन्न भएको हो ।
गोबरडिया स्वास्थ्य चौकीमा भएको एक दिने शिविरबाट ३ सय १२ जनाले सेवा लिएका छन् ।३ सय १२ जनाको ओपिडी चेकजाँच गरिएको थियो।
त्यसैगरी ४५ जना विरामीहरुको ल्याव चेकजाँच गरिएको थियो दस मध्ये सुगरका ६ जनालाई सुगर र एक जनालाई युरिक एसीड देखिएको गढवा स्वास्थ्य चौकीका ल्याब टेक्निसियन अरविन श्रेष्ठले जानकारी दिनु भयो ।
डाक्टरले ४५ जना विरामी पठाउनु भएको थियो सबैको ल्यावमा चेकजाँच गर्दा मृगौलामा समस्या भएको बिरामी कोही पनि नदेखिएको बताउनुभयो।
लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आयोजनामा गढवा गाउँपालिकाले मृगौलाका बिरामी पहिचान गर्ने उद्देश्यले सुगरका बिरामी, युरिक एसिड, होमोग्लोबिन, बाथरोग,लगायतका रोगहरुको नि:शुल्क ल्याबको व्यवस्थापन गरेको थियो भने चेकजाँच गरिएको बिरामीहरूल्ई नि:शुल्क औषधी वितरण गरेको गढवा गाउँपालिकाले जनाएको छ ।
त्यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले संविधान दिवशको अवसरमा पालिका भित्रका सबै स्थानीय बासीहरुको स्वास्थ्यलाई ख्याल गर्दै मृगौला रोगलाई लक्षित गरेर स्वास्थ्य शिविर सञ्चालन गरेको बताउनु भयो । गढवा गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा सुरुवात कालदेखि नै विशेष कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउदै अध्यक्ष पोख्रेलले रोग लागेर सहयोग गर्नुको साटो पालीका बासीलाई रोगै लाग्न नदिने गरी बिशेष कार्यक्रमहरु सञ्चालन गर्दै आएको र आगामी दिनहरुमा नि:शुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गरिरहने बताउनु भयो।
त्यसैगरी नि:शुल्क शिविर तथा सचेतना मूलक कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले गाउँपालिका सबै वडालाई समेट्ने गरी पटक पटक विभिन्न स्वास्थ्य शिविर र नि:शुल्क चेकजाँच कार्यक्रम गर्दै आएको बताउनु भयो। स्वास्थ्य संवेदनशील क्षेत्र भएकोले आफुले स्वास्थ्य क्षेत्रमा विभिन्न कार्यक्रमहरुको वारेमा छलफल गर्दै अरु थप कार्यक्रमहरु सञ्चालन गर्ने बताउनु भयो ।
त्यसैगरी कार्यक्रम बोल्दै गढवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष तथा गोबरडिया स्वास्थ्य चौकीका सञ्चालन समितिका अध्यक्ष बाबुराम अधिकारीले समयमा स्वास्थ्य परिक्षण गर्ने बानी नहुँदा अकालमै ज्यान गुमाउनु परिरहेको बताउँदै मानिसको संवेदनशिल अंग मुटु, मृगौलालाई प्राथमिकता दिएर शिविर आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिनुभयो । प्रत्येक नागरिकले ६/ ६ महिनामा स्वास्थ्य चेकजाँच गर्नु परेतापनि आर्थिक अभाव र जनचेतनाको अभावले स्वास्थ्य क्षेत्रमा ख्याल नगरेको बताउदै समय समयमा स्वास्थ्य चेकजाँच गर्न उपस्थिति सबैमा अनुरोध समेत गर्नु भयो। गढवा गाउँपालिकाले आयोजना गर्ने नि:शुल्क स्वास्थ्य शिविरहरुमा अनिवार्य उपस्थित भई चेकजाँच गर्ने बानीको बिकास गर्न आवश्यक रहेको बताउनुभयो ।
गढवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारीको अध्यक्षता ढथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष भक्तु चौधरी, वडा सदस्यहरु राधेश्याम थारु कुमाल, १ नम्बर वडाका वडा सदस्य देविलाल थारु कुमाल, दिलबसी बिक, लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय सचिवालयका सम्भु घिमिरे, प्रदेश अस्पताल भालुवाङका डाक्टर पौडेस ज्ञवाली र डा. सन्तोष केसी,गढवा स्वास्थ्य चौकीका डाक्टर इन्द्र कुमार चौधरी, गोबरडिहा स्वास्थ्य चौकीका प्रमुख खुमानन्द भट्टराई, स्वास्थ्य शाखाका द्रौपदा सुबेदी, दिपेश श्रेष्ठ लगायतकाको उपस्थिति रहेको थियो।कार्यक्रमको सहजिकरण महदेवा आधारभुत स्वास्थ्य सेवा केन्द्रका प्रमुख रामराज पौडेलले गर्नु भएको थियो ।

