तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका आइतबार, भाद्र २४, २०८०

दाङ । विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा आज सिसहनियाँ बजारमा प्ले कार्ड सहित सचेतना र्‍याली निकालिएको छ ।

‘आशा जगाऔँ, जीवन बचाऔँ’ भन्ने मुल नाराका साथ दिवसको अवसर पारेर सचेतनामुलक र्‍याली निकालिएको हो । राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा निकालिएको सचेतनामुलक र्‍यालीले सिसहनियाँ बजार परिक्रममा गरिएको हो । जीवन अमूल्य छ, सामाजिक जीवन जिऔँ, अति महत्त्वाकाङ्क्षा त्यागौँ, प्ले कार्ड सहित बजार परिक्रममा गरिएको थियो । र्‍याली पछि सिसहनियाँ स्वास्थ्य चाैकीमा आयोजित अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख नारायण राउतले पारिवारिक र सामाजिक जीवनशैली अपनाउन सके आत्महत्या न्यूनीकरण हुँदै जाने बताउनु भयो ।

त्यस्तै उहाँले नागरिकलाई मानसिक रूपमा स्वस्थ राख्न योग र नैतिक शिक्षामा विशेष जोड दिइएको बताउनु भयो । स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट पदम पाैडेलले मानसिक रूपमा कुनै समस्या भए, घरपरिवारका सदस्य माझ राखेमा समाधान हुने बताउनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]