
Rbs
Gisld
mbd
Mbdvs
Pbu
Sds

Bbu
Hal
Rsb
Tsm
Rgu
Ssm
Asm
Gst
Ggd
Pvg
Wsp
Sls
Rgu
Ksm
nsb
Vor
Sbs
Bbbpu
Rgs

Syp
Bml
sab
Rmb
Gsb
Pls
Mks
Rpp
Ptm
Jmb
bbt
Jmb
Abd
अर्घाखाँची । जिल्ला अर्घाखाँची शितगंगा नगरपालीकाले उत्पादनका आधारमा अनुदान वितरण गर्न थालेको छ । गत आर्थिक बर्ष ०७६÷७७ मा नगरपालीका भित्र उत्पादन गरी सहकारी मार्फत बजारीकरण गरेका खसि बोका,लोकल कुखुरा तथा तरकारीको कृषकहरुलाई अनुदान वितरण गरीएको हो ।
नगरपालीकामा रहेका नौ वटा कृषि सहकारी मार्फत बजारीकण गरेका किसानलाइ खसिबोका तथा लोकल कुखुरामा प्रति केजी रु ५० का दरले र तरकारी तथा फलफूलमा प्रति रोपनी पाँच हजारका दरले अनुदान वितरण गरीएको छ, जस अनुसार वडा न.२ को शितगंगा कृषि सहकारी मार्फत ३० जना किसानलाइ रु ३ लाख ४२ हजार एक सय,वडा न. ३ को आधारशिला कृषि सहकारीमा १४० कृषकलाइ १४ लाख ३३ हजार आठ सय र वडा नं. ८ को जलुके कृषि सहकारी मार्फत ४० कृषकहरु लाई ४ लाख ३५ हजार छ सय रकम बितरण गरीएको छ ।
शितगंगा नगरपालीकाले गत आर्थिक बर्षमा ७३ लाख रकम उत्पादनका आधारमा अनुदान वितरणका लागी कृषि सहकारीलाइ भुक्तानी गरीसकेको, कोरोना महामारीका कारण समयमै वितरण गर्न नसकिएकोले आजबाट वितरण सूरु गरीएको नगरप्रमुख सुर्य प्रसाद अधिकारीले जानकारी दिनु भयो । आ.व.०७५÷७६ बाट सूरु गरीएको अनुदान बितरण कार्यक्रममा पहिलो बर्ष ३३ लाख वितरण गरीएको थियो भने दोस्रो बर्ष ७३ लाख बितरण गर्न लागीएको हो ।
आगामि बर्षमा थप प्रभावकारी बनाउदै अनुदान रकम बढाएर धेरै कृषकलाइ बितरण गर्ने लक्ष रहेको नगर उपप्रमुख टिका रेश्मीले बताउनु भयो । अनुदान रकम पाउदा आफुहरु निकै उत्साहित बनेको र आगामी दिनमा उत्पादनलाइ बढाउदै लैजाने किसानको भनाइ रहेको छ ।
