
Lnp
Unsku
Sgr
cjs
pku
Rgp
Gfs
Pbu
Pes
Djs
Rgp1
Ses
Ggp
Srbpu

Ksm
Rsb
Tsm
Wsp
Ggd
Bbbpu
Gst
Sls
Sbs
Rgu
Bbu
Asm
nsb
Vor
Ssm
Rgu
Rgs
Pvg
Hal

Jmb
sab
Jmb
Ptm
Bml
Gsb
bbt
Abd
Syp
Pls
Mks
Rmb
Rpp
दाङ । देउखुरी उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि अध्यक्ष, वाणिज्य उपाध्यक्ष, महासचिव र खुल्ला सदस्यमा निर्वाचन हुने देखिएको छ । उद्योग उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी परेको छ । कमलजंग सिंह ठकुरी र कृष्णप्रसाद घिमिरेको अध्यक्ष पदमा मनोनयन दर्ता भएको हो । भदौ २५ गते सार्वजनिक बगैचामा मतदानको समय तोकिएको छ । उद्योग उपाध्यक्षमा केशवराज पोख्रेल निर्विरोध निर्वाचित भएका छन् भने वाणिज्य उपाध्यक्ष, महासचिव र खुला सदस्य चयनका लागि निर्वाचन हुने भएको छ ।
वाणिज्य उपाध्यक्षमा केशव घिमिरे र डिल्लीराज खनालको उम्मेदवारी दर्ता भएको छ । महासचिवमा ईश्वरप्रकाश श्रेष्ठ र बसन्तकुमार भण्डारीको मनोनयन दर्ता भएको निर्वाचन संयोजक लिलाराम खनालले जानकारी दिए । सचिवमा गणेश घिमिरे र कोषाध्यक्षमा हरिबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । पाँच जना खुल्ला सदस्यका लागी ११ जनाको उम्मेदवारी परेको छ ।
खुल्ला सदस्यमा अकबर अली, सुन्दर केसी, भिष्मराज गैरे, शिवचन्द घिमिरे, लुमाकान्त बोहरा, गोविन्दप्रसाद पुलामी, सुनिलकुमार चौधरी, बावुराम भुसाल, राम्रसाद आचार्य, देविप्रसाद बेल्वासे र शान्ता खनालको मनोयन दर्ता भएको छ । दुई जना महिला सदस्यमा शारदा सुवेदी र खुसविरन निसा निर्विरोध निर्वाचित भएका छन् । वाणिज्य संघको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र एकिकृत समाजवादीको एउटा प्यानल खडा भएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले बाणिज्य उपाध्यक्ष र खुल्ला सदस्यमा मनोयन दर्ता गरेको छ । अध्यक्षमा कृष्णप्रसाद घिमिरेले स्वतन्त्र उद्योगी व्यवसायीहरुको प्रतिनिधित्व गर्दै मनोनयन दर्ता गरेको जानकारी दिए । उनले मोहन वैद्य नेतृत्वको क्रान्तीकारी माओवादी पार्टीमा आवद्ध छन् । नयाँ युगबाेध
