
Lnp
Unsku
Pbu
Rgp1
Gfs
Djs
cjs
Srbpu
Ggp
pku
Sgr
Ses
Pes
Rgp

Rsb
Hal
Ggd
Wsp
Rgu
Sls
Rgs
Rgu
Tsm
Sbs
nsb
Ksm
Asm
Bbu
Ssm
Pvg
Bbbpu
Gst
Vor

sab
Pls
Jmb
Rpp
Mks
Syp
Bml
Abd
bbt
Rmb
Jmb
Ptm
Gsb
झापा । झापामा प्रहरीले प्रतिबन्धित लागुऔषध सहित ३ जनालाई पक्रेको छ ।
पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका वडा नं.१० बस्ने वर्ष २६ को सुरेश धिमाल, उर्लाबारी नगरपालिकावडा नं.७ बस्ने वर्ष २७ को बिनोद लिम्बु र झापा गौरादह नगरपालिका वडा नं.४ बस्ने वर्ष २५ को सन्देश लिम्बु रहेका प्रहरीले जनाएको छ ।
उत्यस्तै नीहरुको साथबाट ब्राउन सुगर ४४ ग्राम २८० मिलिग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । झापा गाउँपालिका वडा नं.१ बेलायतीबारी स्थित ईलाका प्रहरी कार्यालय कुमरखोद र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट टाघनडुब्बाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई शंका लागेर जाँच गर्दा मोटरसाइकलको एयर फिल्टर भित्र लुकाइ छिपाइ ल्याएको प्रतिबन्धित लागुऔषध फेला परेकोले रिजालले बताए । उनीहरुका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
