
Gsl
Pbu
Bs1


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आगामी चीन भ्रमणका क्रममा नेपाल चीनबीचको व्यापारिक गतिविधि सञ्तालनका लागि तातोपानी नाका पूर्ण रुपमा सञ्चालन गर्ने विषय प्राथमिकतामा राख्ने बताएका छन्।
त्यस्तै तातोपानी नाका क्षेत्रको सडक स्तरोन्नति गरी सोही रुटबाट मानसरोबर पर्यटकीय मार्गका लागि राजनीतिक र कुटनीतिक पहल गरिदिन ध्यानाकर्षण पत्र लिएर बालुवाटार पुगेको संघीय सांसद माधव सापकोटा नेतृत्वको टोलीसँग प्रधानमन्त्रीले यस्तो प्रतिबद्धता जाहेर गरेका हुन्। प्रधानमन्त्री प्रचण्डले सिन्धुपाल्चोकका लागि आफूले विगतमा पनि ध्यान दिएको स्मरण गर्दै सडक स्तरोन्नति र मानसरोवर जाने रुटबारे नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए ।
यस्तै तातोपानी क्षेत्रका व्यवसायीहरूसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेका सांसद सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पाँच बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै सिन्धुपाल्चोकको बलेफी गाउँपालिका र बाह्रविसे नगरपालिकाको सिमानामा पर्ने जुरे पहिरोदेखि लिपिङसम्मको करिब ३० किलोमिटर सडक स्तरोन्नति र आगामी सेप्टेम्बरदेखि नाकाबाट मानव आवतजावत गर्ने सहमति भइसकेको जनाउँदै सो रुट प्रयोग गरी मानसरोवर जान कुटनीतिक पहल गरिदिन ध्यानाकर्षण गराएका थिए।
