
Lnp
cjs
Rgp
Sgr
Pes
pku
Srbpu
Gfs
Ggp
Djs
Rgp1
Ses
Pbu
Unsku

Vor
Sls
Bbu
Rgs
Rsb
Hal
Ssm
Tsm
Rgu
Pvg
Sbs
Wsp
Ggd
Asm
Rgu
Bbbpu
nsb
Ksm
Gst

Pls
bbt
Bml
Syp
Gsb
Mks
Ptm
sab
Abd
Jmb
Rmb
Jmb
Rpp
दाङ । नेपाली लोक तथा दोहोरी क्षेत्रमा सधै चर्चामा रहने कलाकार मध्यका एक हुन सन्दीप न्यौपाने । दाङ देउखुरीको उर्वर माटोमा जन्मिएर सिंगो नेपालको प्रतिनिधित्व गर्न सक्ने क्षमता बोकेका कलाकार हुन उनि । स्वदेश तथा विदेशमा रहेका सारा नेपालीले रुचाएका कलाकारमा पर्छन। स्वरमा मात्र हैन शब्द संगीत र अभिनयमा समेत अदभुत क्षमता भएका कलाकार न्यौपानेका थुप्रै गीतहरु चर्चाको शिखरमा पुगेका छन् ।
करोडौं भ्युज बटुल्न सफल भएका छन उनका गीतहरु । धेरै स्रोता दर्शकले मन पराएका छन उनका सृजनाहरु । पछिलो समययता गायक न्यौपानेले स्वर भरेको, अभिनय गरेको तथा शब्द संगीत रहेको सिर्जनाले बजार तताएका छन् । एक पछि अर्को गर्दै उनका सबै सिर्जनाले दर्शक स्रोतको मन जित्न सफल भएका छन् । हरेक वर्ष जस्तै यो वर्ष पनि उनी कलाकार न्यौपानेले ‘जोवन ढलढल’ बोलको तीज गीत लिएर आएका छन् । यो पटक भने तीज गीतमा चर्चित गायिका समिक्षा अधिकारीले साथ दिएकी छन् । यो गीतमा श्रीधर अधिकारीको संगीत नेत्र अर्यालको शब्द रहेको छ ।
लमही नगरपालिका-५ स्थित रहेको अजम्मरी सामुदायिक वन भित्र पर्ने जैविक विविधता पार्कमा यो गीतको छायांकन गरिएको हो । जेरी भण्डारीको निर्देशन तथा राजेश घिमिरेको छायांकनमा यो गीत निर्माण भएको हो । युवा पुस्ताका नाम चलेकी मोडल उषा उप्रेती र सन्दीप न्यौपानेको अभिनय देख्न सकिन्छ। यो पटकको तीज गीतमा दुइ नयाँ अनुहारलाई लिएर कलाकार न्यौपाने सार्वजनिक भएका छन् ।
यो तीज गीतमा संचारकर्मी शिवु खनाल र सुस्मिता काेइरालाले साथ दिएका छन् । कोइराला पनि पछिल्लो समय संचारकर्मी खनाल विगत लामो समयदेखि दाङको लमहीलाई आधार बनाएर पत्रकारिता गर्दै आएका छन् । नेपाल- भारत सिमा क्षेत्रका जनताका समस्यालाई उजागर गरि जनचेतना अभिवृद्धिमा सहयोग पुर्याएको भन्दै लुम्बिनी प्रदेश सरकारबाट नगद सहित प्रदेश रत्न पुरस्कारबाट विभुषित भैसकेका छन् ।
त्यस्तै काठमाडौंबाट प्रकाशित हुने उज्यालो नेटवर्क अनलाइन पत्रीका, बुटवलबाट प्रकाशित हुने दैनिक पत्र, बाँकेको नेपालगन्जबाट प्रकाशित हुने मिसन टुडे राष्ट्रिय दैनिक, दाङ घोराहीबाट प्रकाशित हुने गणतन्त्र राष्ट्रिय दैनिक पत्रिका लगायतका मिडियामा आबद्द रहेका छन् ।https://youtu.be/bU86BsRcPAY?si=mJEdhVhXW6z98Zmy
