
Pes
Sgr
Ggp
pku
Rgp
Unsku
Pbu
Gfs
Lnp
Ses
cjs
Rgp1
Srbpu
Djs

Tsm
Gst
Vor
Sbs
Ggd
Hal
Ksm
Bbu
Rsb
Sls
Pvg
Wsp
Rgu
Asm
Bbbpu
Rgs
nsb
Rgu
Ssm

Rpp
Ptm
Abd
Mks
Jmb
Rmb
Pls
Jmb
bbt
sab
Syp
Bml
Gsb
दाङ । तुलसीपुरको कारागार कार्यालयमा रहेका महिला कैदीबन्दीहरुलाई नयाँ भवनमा सारिएको छ ।
पुरानो भवनमा बस्दै आएका कैदीबन्दीहरुलाई बिहीबारदेखि नयाँ भवनमा सारिएको कारागार कार्यालय तुलसीपुरका प्रमुख चिन्तामणी रेग्मीले जानकारी दिनु भयो ।
दाङ जिल्ला सहायक प्रमुख सावित्रा पुनले नवनिर्मित भवनको उद्घाटन गरेपछि ४९ जना महिला कैदीबन्दी र तीन जना आश्रित बालबालिकालाई नयाँ भवनमा सारिएको हो । यसअघि तीन वटा कोठामा मात्रै ४९ जना महिला कैदीबन्दी र तीन जना आश्रित बालबालिकाका बस्दै आएको प्रमुख रेग्मीले बताउनु भयो । पुरानो भवनमा महिला कैदीबन्दीहरुका लागि बसाई कष्टकर भएपछि नयाँ भवन निर्माण गरिएको हो । जेलर रेग्मीका अनुसार नयाँ भवनमा ८५ जना कैदीबन्दीलाई राख्न सकिने छ ।
लुम्बिनी प्रदेश सरकारको ३ करोड ८८ लाखको बजेटमा उक्त भवन निर्माण भएको छ भने सो नयाँ भवनमा १८ वटा कोठा रहेका छन् । भवन निर्माणका लागि प्रशंसा कन्ट्रक्सनले २०७८ साउन २५ गते सम्झौता गरि २०८० भदौ १ गते सक्ने गरि सम्झौता गरेको थियो । तर उक्त कम्पनीले सम्झौता गरेको समय अगावै असार मसान्तभित्रै निर्माण कार्य सम्पन्न गरिसकेको थियो ।
त्यस्तै नयाँ निर्मित भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गदै पुनले महिला कैदीहरुलाई बस्न निकै समस्या हुने गरेकाले नयाँ भवन निर्माणमा ताकेता गरेको बताईन् । भवन निर्माण भएपछि कैदी महिलाहरु पनि खुसी भएका छन् । तुलसीपुरमा महिला र पुरुषका लागि छुट्टाछुट्टै भवन निर्माण गरिएको छ । यसअघि पुरुष कैदीबन्दीलाई नयाँ भवनमा राखिएको थियो ।
यस्तै तुलसीपुरमा हाल ४ सय ७७ पुरुष, ४९ जना महिला, ३ जना आश्रित बालबालिका र १४ जना विदेशी कैदीबन्दी रहेका छन् । कार्यालयका नायब सुब्वा रम्बा केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण दोर्ण वलीले गर्नु भएको थियो ।
