
Ggp
Sgr
Ses
Srbpu
Rgp
cjs
Pbu
Rgp1
Djs
Unsku
Gfs
Pes
pku
Lnp

Sbs
Asm
Gst
Rgs
Rsb
Bbu
Ksm
Vor
Tsm
nsb
Wsp
Rgu
Hal
Sls
Bbbpu
Pvg
Ssm
Rgu
Ggd

Jmb
Bml
Mks
Gsb
Syp
Rpp
sab
Pls
Abd
Ptm
bbt
Jmb
Rmb
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ८ श्रीनगरमा रहेको बौद्ध गुम्बामा करिव २ वर्षदेखि लागेको ताल्चा अहिलेसम्म खुलेको छैन् ।
गुरुङ समाजका अध्यक्ष धनबहादुर गुरुङको पहलमा राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी निवासी लुमबहादुर गुरुङको अध्यक्षतामा उपभोक्ता समिति गठन गरि बौद्ध गुम्बाको निमार्ण गरिएको हो । गुम्बा निमार्ण सम्पन्न भइसक्दा समेत गुम्बाको मुल गेटको साचो तिनै अध्यक्ष गुरुङकै हातमा रहेकै कारण गुम्बाको ढोका खुल्न सकेको छैन ।
राप्ती गाउँपालिका ८ पिपरी बजारबाट करिव डेढ किलोमिटर उत्तर श्रीनगर स्थित शंकर सामुदायिक वन उपभोक्ता समुहले उपलब्ध गराएको जग्गामा रहेको सो गुम्बा उनै अध्यक्ष गुरुङकै नीजि सम्पत्ति जस्तो बनेको मिलन टोल विकास संस्थाका अध्यक्ष खिमबहादुर केसीले बताएका छन् ।
राप्ती गाउँपालिका र ८ नम्बर वडा कार्यालयको गरि करिव ३० लाखको लागतमा बनेको सो बौद्ध गुम्बा हेर्न राप्ती गाउँपालिका सहित जिल्लाका विभिन्न ठाउँबाट आउने गरेपनि मुल गेटमा ताल्चा लागेको देखेर पर्यटकहरु निराश भएर फर्किने गरेका छन् । उपभोक्ता समितिका अध्यक्ष गुरुङले वडा अध्यक्ष, गाउँ अगुवा,टोल विकास संस्थाका अध्यक्ष तथा अग्रज व्यक्तिहरुलाई समेतको कुरा नसुन्ने र अटेरी गर्ने गरेको स्थानीय इमान सिंह कार्कीले बताएका छन् । मठ मन्दिर,पाटीपौवा लगायत सार्वजनिक सम्पक्तिको संरक्षण गर्ने दायित्व पनि समुदाय र सरकारको हुन्छ तर सो गुम्बा भने उनै गुरुङको कब्जामा रहेको स्थानीयहरु बताउँछन् । गुरुङको त्यो काम प्रति कोहीलाई पनि चित्त बुझेको छैन् ।
गुम्बा निमार्ण भएको २ वर्ष बितिसक्दा समेत गुम्बालाई समुदायमा हस्तान्तरण वा सार्वजनिक गर्नुपर्ने भएपनि त्यो काम नभएको बरु उपभोक्ता समितिले काम गर्दागर्दै हालसम्म ताल्चा चाबी उनले आफ्नो कुल पुजा गर्ने घरको जस्तै गरि कब्जामा राखेको र वर्षमा २ पटक बुद्ध जयन्ती र तमु ल्होसारमा मात्र गुम्बाको मुल गेट खोल्ने गरेको राप्ती गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङले बताए । मैले उहाँहरुलाई पटक–पटक गुम्बा सार्वजनिक गर्नु र गेटको ताल्चा खोल्नु भन्दा मलाई समेत टेर्नु भएन वडा अध्यक्ष गुरुङले भने । संरक्षण गर्ने जिम्मा वडा सरकारलाई दिए आफुले काम गर्ने वडा अध्यक्ष गुरुङले बताए ।
यता बौद्ध गुम्बा निमार्ण उपभोक्ता समितिका अध्यक्ष लुमबहादुर गुरुङले गुम्बा भित्र अझ धेरै काम गर्न बाँकी रहेकोले गेटकोे ताल्चा नखोलेको बताएका छन् । गेट खुल्ला राख्दा मुर्ती तथा अन्य संरचना तोडफोड तथा चोरी हुने भएकाले गुम्बाको मुल गेटमा ताल्चा लगाउनु परेको बताए । ३ करोडको डिपिआर भएपनि लामा बस्ने घर लगायत अन्य धुप्रै संरचना निमार्ण गर्न बाँकी रहेको र हालसम्म जम्मा १५÷३० लाखको मात्र काम भएको उपभोक्ता समितिका अध्यक्ष गुरुङले बताएका छन् ।
