
gst
Gmk
Gisld
Anm
Pbu
mbd
Sds
Rbs
Ksm
Mbdvs

Ssm
Ggd
Wsp
Pvg
Asm
nsb
Sls
Tsm
Rgs
Gst
Ksm
Rgu
Vor
Rgu
Bbu
Hal
Bbbpu
Sbs
Rsb

Jmb
Rpp
Pls
Bml
Gsb
Jmb
Abd
Ptm
Rmb
sab
bbt
Mks
Syp
दाङ । दाङको लमही नगरपालिका वडा नम्बर ५ निवासी दुई जना महिलालाई इमो मार्फत चिठ्ठा पर्याे भनेर ठगि गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ । सामाजिक सञ्जाल इमो मार्फत लट्रि प¥यो भनेर ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रौतहट जिल्ला दुर्गा भगवती गाउँपालिका वडा नम्बर ६ निवासी १८ बर्षीय सुमन झा,रौतहट जिल्ला गोनाही–६ निवासी ५० बर्षीय सोनालाल ठाकुर र पर्सा जिल्ला विरगंज महानगरपालिका–१६ नगवा बस्ने १८ बर्षीय राजनारायण चौरसिया रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख गणेश चन्दले जानकारी दिनु भएको छ । यहि असोज २२ गतेका दिन पीडित महिलाले इमोमार्फत चिट्ठा प¥यो भनेर आफुलाई ठगी गरेको भनेर जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि दाङ प्रहरीले खोजतलाका क्रममा उनीहरुलाई पक्राउ गरेको प्रमुख चन्दले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय दाङको प्रहरी टोलीले रौतहट प्रहरीको सहयोगमा दुई जना र पर्सा प्रहरीको सहयोगमा एक जनालाई पक्राउ गरेको थियो । उनीहरुले ठुलो धनराशीको प्रलोभन देखाई आईएमई तथा विभिन्न व्यक्तिगत बैंक खातामार्फत त्रिसठ्ठी हजार रुपैया रकम पठाउन लगाएका थिए ।
उक्त रकम पठाई सकेपछि पनि पुन:फोन, म्यासेज, भ्वाईस कलका माध्यमबाट थप रकम पठाउन बारम्बार आग्रह गरेपछि महिलाहरुले आफु ठगिएको महसुश गरेर प्रहरी कार्यालयमा निवेदन दिएका थिए । त्यही निवेदनको आधारमा प्रहरीले अनुसन्धान अघि बढाउँदा रौतहट र पर्सा जिल्लाबाट उनीहरुलाई पक्राउ गरेको प्रहरी प्रमुख चन्दले बताउनु भयो ।
लट्रिलगायतका प्रलोभन देखाएर गठी गर्ने व्यक्तिहरु सक्रिय रहेका छन्, त्यस्ता व्यक्तिहरुबाट बच्नका लागि फेसवुक, भाईबर, इमो, ह्वाटस्एप,मेसेन्टर, टूवीटर लगायतका सामाजिक सञ्जालमा पठाएका गलत मेसेज, सूचना खोल्दै नखोल्नुहोस प्रहरी प्रमुख चन्दले भन्नु भयो ।
त्यस्ता मेसेजहरु ठग्ने उद्देश्यले आएका हुन सक्छन,बरु त्यस्ता मेसेज कसैले पठाएमा प्रहरीलाई खवर गर्नुहोला । प्रहरी प्रमुख चन्दले लट्रिका आशामा धेरै पीडित भएको हुन सक्ने भएपनि बाहिर आएको घट्ना भने जिल्लामै यो पहिलो भएको बताउनु भएको छ । पक्राउ परेका व्यक्तिहरुलाई सात दिनको म्यादथप गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
