
Csb
Gsb
jsb
Tgp
Ppu
Ksb
Ksb
Rks
Usb
Fmb
Nsb
Ksb
Ssb
Ssb
Rsb
Bsn

Tsb
Gsb
Hl1
Usb
Ssb

ptl
Rgu
Nps
दाङ । गढवाको बिकास र समृद्धिका लागि प्रतिबद्धता गरेका कामहरु पुरागर्न शनिवार स्थानीयहरुले प्रतिनिधिसभाका साम्सद मेटमणी चौधरी समकक्ष माग गरेका छन् ।
चुनाव जिताएर पठायौ,मन्त्री पनि बन्नु भो अब हामीले यस क्षेत्रको बिकास पर्खिएका छौ- स्थानीय बुद्धिजिविहरुले भने – गर्न सक्ने मात्र बोल्नुस, बोलेका कार्यान्वयन गर्नुस । शनिवार आफ्नो गृह क्षेत्र गढवामा पुगेका साम्सद चौधरी समक्ष वडा नम्बर ६ को कार्यालयमा आयोजित एक कार्यक्रममा पुर्व जनप्रतिनिधि,स्थानीय राजनितिक दलका नेता, उद्योग बाणिज्य संघ,स्थानीय बुद्धिजीवी,व्यापारी र सामाजिक अभियन्ताहरुले यस्तो बोलेका हुन् ।
परिचयात्मक कार्यक्रमकै अवसरमा स्थानीयहरुले एक-एक गरि गढवाका सबै समस्या राख्न भ्याए मानौ सबै समस्या हल होलान भने जस्तै गरि । जत्ती बोल्नु हुन्छ त्यत्ती गर्नुस,बरु बढी नबोल्नुस भन्दै साम्सद चौधरी समक्ष उनिहरुले बारम्बार आग्रह गरे । टिप्ने मात्र होइन काम गरेर देखाउनुस! अर्को पटक जित्ने वातावरण बनाउनुस- स्थानीयहरुले भने ।
सो अवसरमा गढवा बहुमुखी क्याम्पसमा पठन पाठन गराउने अध्यापकहरु तलब खानै नपाएर पीडित भएको,क्याम्पसमा कमर्स विषयको सम्बन्धन नभएकोले अधिकाम्श विद्यार्थी लमही पढ्न जानू परेको,प्राबिधिक शिक्षाको आवश्यक रहेको, गढवामा ब्यवस्थित डम्पिङ साइट आवश्यक रहेको, कालाकाटे गढवा सडक निर्माण अलपत्र रहेको, प्रगन्ना सिचाइ आयोजना अलपत्र रहेको,लमही गढवा सडक खण्डको कोलही पुल नबन्दा नागरिकलाइ सास्ती भएको,राप्ती नदिमा नयाँ पक्की पुलको आवश्यकता रहेको,मनिकापुरमा पक्की पुलको जरुरी रहेको,कन्दरा मन्दिरमा पानीको समस्या भएको,कैयन भित्रि सडकहरु निर्माण नभएर नागरिकले सास्ती पाएको,दुर्गम बस्तिका विद्यार्थीलाई पठनपाठन गर्न होस्टेल आवश्यक रहेको लगायतका समस्याहरु साम्सद चौधरी समक्ष स्थानियहरुले राखेका छन् । साम्सद चौधरिले सबै गुनासा टिपोट गरेको र आफुले गर्नसक्ने जत्तिमा पहल गर्ने बताएका छन् ।

