
cjs
Pbu
Ggp
Rgp
pku
Ses
Sgr
Rgp1
Lnp
Srbpu
Djs
Unsku
Pes
Gfs

Hal
Ssm
Rgs
Bbu
Gst
Ggd
nsb
Rsb
Rgu
Asm
Vor
Ksm
Sbs
Pvg
Bbbpu
Tsm
Wsp
Sls
Rgu

Jmb
Syp
bbt
Mks
sab
Rmb
Bml
Jmb
Abd
Rpp
Ptm
Pls
Gsb
दाङ । देउखुरीको गढवा उद्योग बाणिज्य संघकाे अधिवेशन अशाेज २७ गते हुने भएकाे छ । संघकाे आज बसेकाे कार्यसमिति तथा सल्लाहकार काे बैठकले अशाेज २७ गते अधिबेशन गर्ने निर्णय गरेकाे हाे ।
आज बसेकाे बैठकमा सर्व सम्मतकाे प्रयास समेत गरिएकाे थियाे, अध्यक्षकाे आंकक्षिमा बरिस्ठ उपाध्यक्ष राम बहादुर बुढाथाेकि, बाणिज्य उपाध्यक्ष ओम प्रकाश बसेल र सल्लाहकार रामदास यादबकाे दाबि रहेकाे छ । सबल र सक्षम नेतृत्व चयन हुने बताउदै अध्यक्ष बुढाले बिगतकाे अभ्यास हेर्दै यसपालि पनि सर्वसम्मत नेतृत्व चयनका लागि आफु लागि पर्ने बताउनु भयाे । आंकक्षि धेरै हुनु भनेकाे संस्था चलायमान हुनु हाे, सबै उम्मेदवार लाई मिलाई निर्विरोध कमिटि गठन हुन्छ अध्यक्ष बुढा मगरले बताउनु भयाे ।
काम गर्ने सक्नेले नेतृत्व चलाउने हाे संस्था चलायमान बनाउने हाे संस्था चलाउने ब्यक्ति सक्क्षम, नेतृत्व लिन सक्ने र काम गरेर देखाउने मान्छे हुनु पर्छ सल्लाहकार राम प्रसाद गैरे ले बताउनु भयाे । काम गर्न सक्ने गरि नेतृत्व आउनुस्, जिल्ला, प्रदेश केन्द्र सम्म बाेल्न सक्ने काम गर्न सक्ने नेतृत्व हुनु पर्छ सल्लाहकार गैरेले बताउनु भयाे ।
राजनितीक आस्था रहला तर काम गर्न सक्नेलाई सहयाेग गर्न तयार छाैं,सल्लाहकार गैरेले भन्नुभयाे । कार्यक्रममा बाेल्दै सल्लाहकार उमाकान्त पन्तले अब नेतृत्व युवामा जानुपर्ने बताउनु भयाे । युवाले नेतृत्व लिनुस् हामी सहयाेग तथा सल्लाह दिन तयार छाैं, याे गरिमा कम हुन नदिने बताउदै सल्लाहकार पन्तले सर्वसम्मत कार्यसमिति चयन हुनेमा आफु बिस्वस्त रहेकाे बताउनु भयाे ।
कार्यक्रममा बाेल्दै संघका निवर्तमान अध्यक्ष रविलाल आचार्यले सक्षम नेतृत्व आउनेमा आफु बिस्वस्थ रहेकाे जनाउदै उद्याेग बाणिज्य संघकाे नेतृत्व यसपाली पनि सर्वसम्मत हुनेमा जाेड दिनु भयाे । यसपालि हामी नि प्रयास गर्छाै, संस्थापक अध्यक्ष म स्वयम् निवर्तमान अध्यक्ष र अध्यक्षले प्रयास गर्छाै, नेतृत्व सर्वसम्मत आउनेमा सबै उद्याेगी ब्यवसायि लाई ढुक्क हुन अनुराेध गर्दछु निवर्तमान अध्यक्ष आचार्यले बताउनु भयाे । कार्यक्रमकाे सहजिकरण बाणिज्य उपाध्यक्ष ओम प्रकाश बसेलले गर्नु भएकाे थियाे ।
